coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर ओलीको सभामा पुगेका युवा प्रहरी नियन्त्रणमा

तस्वीरः सामाजिक सञ्जाल

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सहभागी भएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार धनगढीस्थित खुला मञ्चमा नेकपा ओली समूहले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिए। सोही कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सहभागी भएका युवाहरुलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो।  

कैलाली प्रहरीका प्रवक्ता डीएसपी प्रतीक विष्टले नागरिकलाई दिएको जानकारीअनुसार उनीहरुकै सुरक्षाका लागि ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर कार्यक्रममा सहभागी भएका युवाहरुलाई नियन्त्रणमा लिइएको हो।

‘उहाँहरु (नियन्त्रणमा लिइएका युवाहरु)सँग अहिले म कुराकानी गरिरहेको छु, उहाँहरुकै सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो,’ डीएसपी विष्टले भने,‘केहीबेरमा उहाँहरुलाई छोड्छौं।’

प्रकाशित: २४ पुस २०७७ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App