१३ माघ २०८२ मंगलबार
image/svg+xml

वामदेवको दाबी- हाम्रो पार्टीले बहुमत ल्याउँछ, समाजवादको आधार खडा गरेर देखाउँछौं

नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। मंगलबार केही युवाहरुलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।

क्रान्तिकारी कम्युनिष्ट पार्टीको विद्रोही समूह नेकपामा समाहित

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता पक्षधर समूह समाहित भएको हो ।

समानुपातिकका दुई करोड मतपत्र छापिए, प्रत्यक्षतर्फको छपाइ सुरु

यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।

आचारसंहिता उलंघनः निर्वाचन आयोगले १० दिनमा १५ स्पष्टीकरण काट्यो

आयोगको स्पष्टीकरण भोग्नेमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह(बालेन)देखि नेकपा एमालेका सचिव महेश बस्नेतसम्म परेका छन्।

चीनमा शीर्ष सैन्य अधिकारीमाथि कारबाही : भ्रष्टाचारदेखि अमेरिकालाई सूचना बेचेको आरोप !

सी जिनपिङ सत्तामा आएदेखि नै सेनामा भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका छन्। सन् २०१२ देखि दुई लाखभन्दा बढी अधिकारी (सैन्य र नागरिक) हरूलाई कारबाही गरिएको छ। यो अभियानले सेना, नौसेना, वायुसेना र रकेट फोर्सजस्ता विभिन्न शाखाका दर्जनौँ उच्च अधिकारीहरूलाई असर गरेको छ।

प्रादेशिक अस्पतालबाट शव साटिएको तथ्य खुल्यो, दुई जना नियन्त्रणमा

निशाको परिवार तथा आफन्तजन निशाको शव ल्याउ, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रञ्जीत झा, अध्यक्ष रामनारायण मेहतालाई कारवाहीको माग गर्दै दिउँसो १ बजेदेखि राजमार्ग अवरुद्ध छ ।

लागु औषध सेवन गरेका सात सवारी चालकमाथि कारबाही

यात्रा थप मर्यादित र भरपर्दो बनाउन चलाइएको अभियानमा दिउसै ७ जना चालकले मादक पदार्थ सेवन गरेको भेटिए पछि उनीहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको उनले बताए। पक्राउ परेको सात बिङगर चालक हुन।

सबलेन्का र भेरेभ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

अस्ट्रेलियन ओपनको दुई पटककी विजेता सबलेन्काले अब सेमिफाइनलमा अमेरिकाकी कोको गौफ र युक्रेनकी एलिना भिटोलिनाबिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।

राजनीतिक दललाई रक्षाको आग्रह : घोषणापत्र सार्वजनिक गरेर जनतासामु जवाफदेही बन्नुस्

जेनजी अभियन्ता रक्षा बमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका दलहरूका घोषणापत्र पढ्न चाहेको इच्क्षा व्यक्त गरेकी छन्।

भारत–ईयूबारे अमेरिकाको प्रतिक्रियाः आफैँ विरुद्धको युद्धलाई नै ‘फन्डिङ’ गर्दैछन्

भारत र युरोपियन युनियन (ईयू) बीच मुक्त व्यापार सम्झौता (एफटीए) को घोषणा मंगलबार, २७ जनवरीमा हुने तयारी छ।

निर्वाचन आयोगले सोध्यो बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ।

ट्रम्पसँग तिक्तता बढेका बेला चीनको भ्रमण गर्दै बेलायती प्रधानमन्त्री

यो भ्रमणले चीनलाई ट्रम्पको अस्थिर व्यापार नीतिसँग जुधिरहेको अर्को अमेरिकी सहयोगीसँग सम्बन्ध बनाउने अवसर दिनेछ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यसै महिना चीनसँग आर्थिक सम्झौता गरेका थिए। कार्नीको भ्रमणपछि ट्रम्पले चीन व्यापार सम्झौता पालना गरे क्यानडाबाट आउने सबै सामानमा सय प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए। जवाफमा कार्नीले चीनसँग स्वतन्त्र व्यापार गर्ने मनसाय नभएको भन्दै केही क्षेत्रमा भन्सार शुल्क मात्रै घटाएको भनेका थिए।

इपिएस पास गरेर कोरिया जान नपाएका युवाद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्