२५ पुस २०८१ बिहीबार
image/svg+xml

पालिका स्तरीय भलिबलको उपाधि गलकोटलाई

सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिका स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ।

चितवनमा आजदेखि सुन्तला महोत्सव

गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो।

‘१० मिनेटमा नेपाल फनक्कै’

गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पसमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले त्यहाँ पुग्नेहरूलाई लोभ्याउने गरेको छ।

हेटौंडामा राष्ट्रिय महिला भलिबल सुरु

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

रेस्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा बर्सेनि सडक महोत्सव हुँदै आएको छ।

पोखरामा सुरु भयो सडक महोत्सवको रमझम (फोटो सहित)

२५ औं संस्करणको पोखरा सडक महोत्सव विहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको छ। कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो मेला प्रभावकारी बन्ने पर्यटन क्षेत्रको विश्वास छ। मेलामा रमाउन आउने पाहुनाका कारण पर्यटन क्षेत्र उकासिने व्यावसायी बताउँछन्।

गण्डकीमा एकै पटक चार महोत्सव, कुनै सुरु भइसके कुनै हुदै छन्

सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ। बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो।

‘आन्तरिक पर्यटक आकर्षित गर्न महोत्सव’

पोखरा सडक महोत्सवले यो वर्ष रजत जयन्ती मनाउँदैछ। यो महोत्सव पर्यटकीय दृष्टिकोणबाट निकै नै महत्वपूर्ण छ। २५ औं संस्करणको महोत्सव आयोजना भइरहँदा अघिल्ला वर्ष भन्दा फरक र विशेष बनाउने प्रयासमा छौं।

पोखरामा गोवाको सिको

सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सडक महोत्सव सुरुवात गरियो। आधा किलोमिटर क्षेत्रभित्र गरिएको पहिलो महोत्सवले अहिले तीनकिलोमिटर भन्दा बढी क्षेत्र ओगट्छ।

प्रभु बैंकका सिईओ शेरचन सम्मानित

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन सम्मानित भएका छन्। बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको अवसरमा शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका हुन।

सातौं बागलुङ महोत्सव आजबाट

बागलुङ महोत्सवको मुख्य आयोजक संस्था बागलुङ उद्योग वाणिज्य संघले आजदेखि हुने बागलुङ महोत्सवको तयारी पूरा गरेको छ।

दोलखा महोत्सव हुँदै

दोलखाको आर्थिक विकास गर्ने उद्देश्यका साथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १३ देखि २२ गते सम्म ‘दोलखा महोत्सव–२०८०’ हुने भएको छ।

सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ :अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्