१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दुई हजार किलो माछा नष्ट

चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।

डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानमा जुट्यो महानगर

डेङ्गु रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ।

इलामको लारुम्बामा सात घर जलेर नष्ट

इलामको माङ्सेबुङ गाउँपालिका-५, लारुम्बामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन्। मान्छे नभएको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीमा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

खोटाङको खार्मीमा आगलागी हुँदा ३२ लाख क्षति

खोटाङ सदरमुकाममा आगलागी हुँदा ३२ लाख बढीको धनमाल जलेर नष्ट भएको छ। दिक्तेल रूपाकोट मझुवागढी–१ स्थित खार्मीका मानबहादुर मगरको घरमा दिउँसो आगलागी हुँदा उनको घर र धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

उदयपुरगढीमा भीषण आगलागी, ७ घर जलेर नष्ट

उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा विहान लागेको आगलागी भईरहेको र अहिलेसम्म आधादर्जन बढी घर गोठ जलेर नष्ट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

४ सय लिटर मदिरा नष्ट

सर्लाही प्रहरीले एकै दिन पौने चार सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। सर्लाहीको इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको ३७५ लिटर मदिरा नष्ट गरेको हो।

‘ब्रान्ड बिगार्ने’ ५० हजार किलो तयारी चिया नष्ट

गुणस्तरहीन चियाले नेपाली ब्रान्डकै बदनाम गर्ने भन्दै सूर्योदय नगरपालिकाले एक कारखानामा भण्डारण गरिएको ‘गुणस्तरहीन’ तयारी चिया नष्ट गरिदिएको छ। अन्तुस्थित समालभ्यालीमा विक्रीका लागि तयार करिब ५० हजार किलो चिया नगरको अनुगमन टोलीले नष्ट गरेको हो।

ओम ग्यासद्वारा म्याद गुज्रेका सिलिन्डर नष्ट

ग्यास उद्योगहरूले म्याद गुज्रिएका गुणस्तरहीन सिलिन्डर बजारमा पठाएको भनेर आलोचना भइरहेका बेला ओम ग्यास उद्योगले भने पुराना सिलिन्डर नष्ट गरेको छ।

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

मध्य फागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन्।

डेंगुबाट बच्न काठमाडौँ महानगरद्वारा ‘लार्भा खोज र नष्ट गर’ अभियान

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो।

हिमपातले सुन्तलाका बिरुवा नष्ट

लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ। प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो।

धानबालीमा सवा आठ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।

सप्तरीमा वर्षाले धानबालीमा क्षति

लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ। काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन्।

वर्षाले धानबाली नष्ट,भोकमरी हुने त्रास

वर्षा भएदेखि उनी राम्रोसित निदाएका छैनन्।उनी खेतमा काटेर राखेको धान कसरी घर भित्र्याउने भन्ने मै सोचिरहेका छन्। उनले भने,‘निरन्तर वर्षा भइरहेको छ। खेतमा धानका दाना जताततै बगिरहेका छन्। न मेहनत रह्यो न त फल पाइयो। खेतको आलीमा बसेर टुलुटुलु हेर्नुबाहेक केही छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्