१३ आश्विन २०८१ आइतबार
image/svg+xml

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ।

आफैले लगाएको अफिम खेती आफै नष्ट

उदयपुरमा लगाइएको अवैध अफिम खेती किसान आफैले नष्ट गरेको फेला परेको छ। जिल्लाको पूर्वी नगरपालिका बेलका २ शान्तिबजार टप्पुस्थित ४ कठ्ठा क्षेत्रफल जग्गामा लगाइएको अफिम खेतीको जानकारी प्रहरीमा पुगेको थाहा पाएपछि किसान आफैले नष्ट गरेको प्रहरीले जनाएको छ।

डोल्पामा भीषण आगलागी, सात घर जलेर नष्ट

डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ९ होर्त गाउँमा बुधवार बेलुकी भीषण आगलागी भएको छ। आगलागीबाट सात घर पूर्ण रुपमा जलेर नष्ट भएको र नियन्त्रणमा लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ।

साउदी गठबन्धनद्वारा यमनबाट आएको क्षेप्यास्त्र आकाशमा नै नष्ट

यमनी हुथी विद्रोही विरुद्ध संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान शहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नष्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको छ।

भूकम्पपीडितका लागि प्राप्त दुई करोडको राहत नष्ट

जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो । महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

आगलागीबाट एक करोडको धनमाल नष्ट

टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ।

१९ महिनामा साढे चार अर्बको सम्पत्ति नष्ट

विपद्का घटनाबाट मात्र पछिल्लो १९ महिनामा नेपालले साढे ४ अर्ब रुपैयाँभन्दा बढीको क्षति बेहोर्नुपरेको छ । यसमा बाढी, पहिरो, चट्याङ, महामारी र आगलागीका घटनाबाट भएको व्यत्तिगत सम्पत्तिको क्षतिमात्र समावेश छ । सार्वजनिक सम्पत्ति र ठूला पूर्वाधारमा पुगेको क्षतिलाई यसमा समेटिएको छैन ।

असिनाले धान नष्ट, लाखौँको क्षति

जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ।  कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा रु १० लाखभन्दा बढीको क्षति भएको कृषकले बताएका छन्।

५० किलो गुणस्तरहीन मिठाइ नष्ट

जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले बुधबार हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ।

६ क्विन्टल गाँजा नष्ट

लागुऔषध नियन्त्रण महाअभियान अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–३३ का झण्डै ६ क्विन्टल परिमाणको गाँजा मंगलबार नष्ट गरिएको छ । लागुऔषध नियन्त्रण महाअभियान पोखरा लेखनाथ ३३ का संयोजक गणेश ढकालका अनुसार वडाका मनियलडाँडा, हुँडिकोट, भर्तिपोखरा, डाँडागाउँ र जिव्रेढुङ्गा लगायतका स्थानमा गाँजा फडानी गरिएको हो ।

पाँच हजार लिटर अवैध मदिरा नष्ट

प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै पाँच हजार लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको मदिरा बिहिबार नष्ट गरेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरेका नष्ट गरेका छाैं,' उनले भने ।

हुरी र वर्षाले पौने दुई करोडकाे केराखेती नष्ट

केही दिनअघि आएको हावाहुरी र वर्षाका कारण रुपन्देहीमा लाखौंको केराखेती नष्ट भएको छ । हावाहुरीसँगै आएको वर्षाले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको केराखेती ढलेर सोत्तर बनेको हो।

आगलागीबाट तीन घर नष्ट

बुधबार दिउँसो राप्तीसोनारी गाउँपालिका ७ स्थित फत्तेपुरमा आगलागी भएको छ। दिउँसो पौने तीन बजेतिर लागेको आगलागीबाट तीन वटा घरगोठ जलेर नष्ट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्