कोहलपुर- बुधबार दिउँसो राप्तीसोनारी गाउँपालिका ७ स्थित फत्तेपुरमा आगलागी भएको छ। दिउँसो पौने तीन बजेतिर लागेको आगलागीबाट तीन वटा घरगोठ जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आरिफ खाँ, सरिफ खाँ र सम्सुल खाँको घरगोठमा अचानक आगलागी भएको हो । आगलागीबाट घर गोठ पुर्ण रुपमा जलि नष्ट भएको छ । आगो प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
आगलागी बाट ६० हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: १० जेष्ठ २०७४ १४:२४ बुधबार