१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको बताए।

नयाँ श्रम स्वीकृति र वैधानिकीकरण सेवा पनि अब अनलाइन मार्फत

यो व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि गरिएको प्रबन्ध हो। ‘संस्थागत श्रम स्वीकृति अन्तर्गत पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति लिन लागु गरिएको अनलाइन प्रणाली सेवा प्रभावकारी देखिएको छ’, कार्यालयका निर्देशक हरिराम नागिलाले सोमबार नागरिकसँग भने ‘अब यही जेठ ६ गतेबाट नयाँ र वैधानिकीकरण सेवा पनि अनलाइनमार्फत दिन सुरु गरिँदैछ।’ उनका अनुसार यो सेवा सुरु गरेपछि कार्यालयमा आउने सेवाग्राहीको संख्या लगभग शून्य जस्तै हुनेछ।

संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात

वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ।

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ।

रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

विज्ञहरूले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना हुन नसक्दा कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो भएको बताउने गरेका छन्।

जापान रोजगारी समझदारीमै सीमित

विज्ञहरूले लामो समयदेखि खाडी मुलुक र मलेसियाको विकल्प खोज्नुपर्ने सुझाव दिँदै आए पनि अन्य विकल्प नहुँदा तिनै मुलुकमा जानुपर्ने बाध्यता छ। विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये ९० प्रतिशत बढी खाडी मुलुक र मलेसिया गएका छन्।

चालु आवमा विदेशी लगानी बढ्योः ३० अर्ब विदेशी लगानी स्वीकृत

विदेशी लगानी भित्र्याउनका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार तत्पर छ। सरोकारवालाका सुझाव लिएर सुधार गर्दै लैजान्छौं। लगानीमा देखिएका बाधा, व्यवधानलाई सहजीकरण गर्न तयार छौं। –रामचन्द्र तिवारी, महानिर्देशक,उद्योग विभाग

अर्थतन्त्रको असजिलो

कोरोना कालको दुई वर्ष पुग्दा/नपुग्दै अर्थतन्त्रका सूचकले त्यति राम्रो संकेत गरेका छैनन्। सरकारले सुधारका उपाय अपनाउन नसके आगामी दिनमा असजिलो पर्ने संकेत परिसूचकहरूले दिएका छन्।

विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएको अभिलेख छ ।

चालु वर्षको पहिलो महिनामा १८ प्रतिशतले घट्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।

एक सुको नकमाई अफगानिस्तानबाट फिर्ता

दलाललाई १३ लाख रूपैयाँ बुझाएर अफगानिस्तान पुगेको १४ दिनमै फर्कनु परेपछि सानोडुम्बा–७ भोजपुरका राजकुमार राईलाई यतिखेर के र कसो गरौं भइरहेको छ।

प्रशासनले पूर्व स्वीकृतिमा सवारी पास उपलब्ध गराउने

कोभिड–१९ को महामारीका क्रममा जारी निषेधाज्ञा सहज बन्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालय खोटाङले बाहिरी जिल्लाको यात्राका लागि सवारी पास उपलव्ध गराउने भएको छ।

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेसंगै विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको हो।

प्राधिकरणलाई भारतबाट बिजुली किन्न स्वीकृति

‘सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा चाप परेको छ, भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएकाले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएका छौं, त्यति बिजुली ल्याउन सक्यौं भने आपूर्ति व्यवस्थापन गर्न सकिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्