२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ठेकेदारद्वारा कुटिए पेटी ठेकेदार

जिल्ला प्रशासन कार्यालय परिसरमा पेटी ठेकेदार कुटिएका छन्। ठेकेदार राजकुमार श्रेष्ठले आफूलाई प्रशासन हातामै कुटेको पेटी ठेकेदार टेकबहादुर थापाले बताएका छन्।

कालो सूचीमा रहेको पप्पु कन्ट्रक्सनले ठेक्का लिएको पुल एक वर्षमै बन्ने

उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणधिन पक्की मोटरेबल पुल ठेकेदार कम्पनी लुम्बिनी बिल्र्डस्ले एक वर्षभित्रमा बनाउने भएको छ। यो पुल निर्माण गर्न करिव ६ वर्ष अघि पप्पु कन्ट्रक्सन र लुम्बिनीले ठेक्का लिएका थिए।

ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण

ठेकेदार र कर्मचारीको मिलेमतोमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण सामग्रीको प्रयोग र गुणस्तरहीन काम भएको पाइएको छ। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उक्त आयोजनाको मूल नहर भत्कनुको मुख्य कारण कमसल निर्माण सामग्रीको प्रयोगलाई औंल्याइएको हो।

जनप्रतिनिधि कि ठेकेदार ?

शनिबार लहानमा सम्पन्न निर्माण व्यवसायी संघको चुनावमा वडा अध्यक्ष देखि प्रदेशसभा सदस्यसम्मले मतदान गरेको पाइएको छ। मेयर, वडा अध्यक्षहरु सरकारी सवारी साधन (सेतो नन्बर प्लेट) चढेरै चुनावमा मत खसाल्न आएका थिए।

पुल अलपत्र छाडेर भागेका ठेकेदार फर्किए

आरुघाट गाउँपालिकाको सोती खोलामा पाँच वर्षअघि पक्की पुल निर्माण सकिनुपर्ने थियो। तर, ठेकेदार भागेपछि पुल अहिलेसम्म अलपत्र अवस्थामा छ। २०६८ सालमा ठेक्का सम्झौता भएको उक्त पुल २०७० सालमा पूरा हुनुपर्ने भए पनि ठेकेदार भागेपछि पुल बन्न सकेन। तर, अहिले ठेकेदार फर्किएकाले पुल बन्ने आशा पलाएको छ।

ढिलासुस्ती गर्ने ठेकेदारमाथि प्रश्नको वर्षा

‘सडकको काममा के कारणले ढिलाइ भइरहेको छ ? पुलको काममा किन ढिलासुस्ती ? बनेका संरचना पनि किन कमजोर बनिरहेका छन् ? काम ढिलो गर्ने ठेकेदार, गाली खानुपर्ने सरकारले, किन ?’

सरकारको ‘अस्वाभाविक’ मौनताले मेलम्ची अन्योल

सरकारको अस्वाभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ। मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भ्ए पनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ। राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखी ठप्प हुँदा पनि सरकार अस्वाभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको हो। तीस वर्षदेखि उपत्यकाबासीको मेलम्ची सपना अझै ‘मृगतृष्णा’ जस्तै बनेको छ।

साप्सु पुलको काम नगर्ने ठेकेदारको प्रतिनिधि परिवर्तन

म्याद गुज्रेको १५ महिना बित्दासमेत खोटाङको लफ्याङ र मात्तिम जोड्ने साप्सु पुल निर्माणको काम पूरा नभएपछि ठेकेदार कम्पनीको प्रतिनिधि परिवर्तन गरेर काम अघि बढाइएको छ।

अझै सकिएन कावेली करिडोर

पूर्वी पहाडी जिल्लामा उत्पादन भएको विद्युत् केन्द्रीय ग्रिडमा जोड्न अघि बढाइएको विद्युत् प्रसारण लाइन ‘कावेली कोरीडर’को काम अझै सकिएको छैन। चौथो पल्ट थपिएको म्याद माघ–२४ गते सकिए पनि अझै काम कहिले सकिन्छ भन्ने टुंगो लागेको छैन।

समयमा सामान नपुग्दा हुम्लाका ११ वटा झुलुंगे पुलको बेहाल

टेन्डर आह्वान भएका पुलमा मुच, घटेखोला, बुराउसे, ठाडोखोला ठेहे, सिक्पा खोला, पुल राहदेव, चारटङग्रे झुलुङ्गे पुल चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला श्रीनगर, खारखोला दार्मा, मिमि खोला, पोरीगाउँ खोला झुलुङ्गे पुल नेप्का, बालुखोला रोडिकोट र चाँफेतडी  झुलुङ्गे पुल श्रीनगर छन्।

निर्माण तथा मेसिनरी सामाग्री अलपत्र

मुख्य संरचना सुरुङ निर्माणमा संलग्न ठेकेदार हिँडेपछि मेलम्ची खानेपानी आयोजनास्थलमा निर्माण सामग्री र मेसिनरी उपकरण अलपत्र परेका छन्। घामपानी र प्रयोगविहीन अवस्थाले त्यस्ता सामग्री खिइँदा र नासिँदा छन्।

डेढ हप्तामा नै मेलम्चीको विवाद सल्टिन्छ : सचिव

सरकारले मेलम्चीको ठेक्कासम्बन्धी समयमा नै निर्णय गर्न नसक्दा मेलम्ची आयोजना उपत्यकावासीको लागि ‘मृगतृष्णा’जस्तै भएको छ।

ठेकेदार र कर्मचारीको मिलेमतोमा आर्थिक चलखेल

धादिङको उत्तरी क्षेत्र झार्लाङ स्वास्थ्य चौकी भवन निर्माणमा कर्मचारी र ठेकेदार मिलेर आर्थिक अनियमितता गरेको फेला परेको छ।

धादिङबेंसी–आरुघाट सडक स्तरोन्नति कछुवा गतिमा

धादिङबेंसी–आरुघाट सडकखण्ड निर्माणका क्रममा आफ्नो जग्गा र घर गुमाएका पीडितले मुआब्जा पनि पाउन नसकेको गुनासो गरेका छन्। सम्बन्धित निकाय धाउँदा सिन मुआब्जा पाउन नसकेको पीडितले बताए। मुआब्जाका लागि सात÷आठ महिनाअघि निवेदन दिएकामध्ये कसैले पाउनु र कसैले नपाउनु आश्चर्यको कुरा रहेको उनीहरू बताउँछन्।

मिक्सरले थिच्दा ठेकेदारको मृत्यु

सोलुखुम्बुमा ढलानमा प्रयोग गरिने मिक्सरले थिचेर ठेकेदारको मृत्यु भएको छ। सोमबार सोलुदूधकुण्ड नगरपालिका ७ स्थित गार्मा माध्यमिक विद्यालयको निर्माणाधिन ४ कोठे भवनको ढलान सकेर मिक्सर गाडीमा लोड गर्ने क्रममा पल्टेर थिच्दा धनकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्