२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सैलुङलाई संरक्षण

काठमाडौंँका सडक किन समयमै बन्दैनन् भन्ने प्रश्न एउटा अनौठो पहेलीजस्तो लाग्छ। सबै ‘राष्ट्रिय गौरव’ आयोजनाको अवस्था त्यस्तै छ। तोकिएको ठेक्का समयमा पूरा नगर्ने ठेकेदारमाथि कारबाही गर्ने कानुन पनि छ। त्यस्तो काममा अवरोध गर्ने कर्मचारी वा अरू जो भए पनि कानुनले छाड्दैन। यी कानुनी व्यवस्था हुन्। हामीकहाँ तिनै व्यक्ति बलिया छन्, जो नेताको छेउमा बस्छन्।

राजनीतिक आडमा शैलुङलाई उन्मुक्ति

दलका नेताको संरक्षण पाउँदा कामचोर ठेकेदार कम्पनीलाई कारबाही गर्न नसकिएको कर्मचारी बताउँछन्। विभागका एक अधिकारी भन्छन्– ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही प्रक्रियामा ल्याउन खोज्ने कर्मचारी सरुवामा पर्छन्।

ठेकेदारको लापरवाहीले रंगुनमा पुल बनेन

डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्ने भएपछि खुशी भएका यहाँ बासिन्दाको खशी लामो समय रहेन।

ठेकेदारलाई मेयर शाक्यले भने: धरहरा निर्माणमा ढिला–सुस्ती स्वीकार्य छैन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन्। वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको  टोलीसहित मेयर शाक्यले निरीक्षण गरेका हुन्।

काम नगर्ने ठेकेदारलाई कारबाही गर

पानी परेको बेला हिलाम्मे सडकमा सर्वसाधारण एकअर्काको हात समाएर बडो सकसका साथ यात्रा गरिरहेको दृश्य जताततै देखिन्छ। त्यसमाथि अझ यत्रतत्र लत्रिएका बिजुलीका तारले झनै जोखिम बढाएको छ। काठमाडौंका अधिकांश सडकको अवस्था यस्तै छ।

मध्यपहाडीका पाँच पक्की पुल अलपत्र

मुलुकका अन्य क्षेत्रमा जस्तै ठेकेदारको लापरवाहीका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत सिन्धुली र खोटाङमा पनि पाँच पक्की पुल अलपत्र परेका छन्।

सरकारले मेलम्चीका पेटी ठेकेदारको बक्यौता नदिने

सरकारले मेलम्ची खानेपानी आयोजनाको पेटी ठेकेदारको बक्यौता रकम भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ।

सुडान घोटालाका फरार ठेकेदार भारती पक्राउ

बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार एक ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार ठेकेदार शम्भु भारतीलाई पक्राउ गरेको हो।

नेतादेखि कार्यकर्तासम्मकाे मिलेमत्ताेमा अवैध क्रसर सञ्चालन

क्रसर उद्योगले खोलाबाट अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आएको गुनासोका सामु निरिह तीनै तहको सरकालाई क्रसर उद्योगीले चुनौती दिएका छन्। राजनीतिक दलका नेता कार्यकर्तादेखि ठुलठुला ठेकेदारहरुले विनादर्ता नै सञ्चालनमा रहे पनि नियमनकारी निकाय मौन रहेको देखिएको छ।

विडारीको प्रश्नः पेटी ठेकेदार रातारात अर्बपति बन्ने, गुण्डा लगाएर हामीलाई सिध्याउने?

नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले ठेक्का प्रणाली सुधार गर्न माग गरेका छन्। उनले पञ्चायत कालको प्रणाली अझै कायम रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्।

चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती

‘समयमा काम नसक्ने ठेकेदारलाई सरकारले किन कारबाही गर्न सकेन ? काम नगर्ने ठेकेदारलाई हटाई नयाँ ठेकेदार ल्याएर भए पनि तत्काल सडक पिच हुनुपर्छ।’

खानेपानी आयोजनाको काममा ढिलासुस्ती

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको छ ।

कालोसूची प्रकरणले मेलम्चीलाई अर्को झड्का

मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकरणका कारण ठेक्काको बाँकी प्रक्रियामा सहभागी हुन नपाउने भएको छ।

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ। ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो। पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा गर्नुपर्छ।

समयमा काम नगर्ने ठेकेदारलाई १ करोड २२ लाख जरिवाना

राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा समयमा काम नगर्ने ठेकेदार कारबाहीमा परेका छन्। सदरमुकाम फिदिममा रहेको आयोजना कार्यालयले पूर्वनिर्धारित प्रतिबद्धता अनुरुप काम नगर्ने ठेकेदारलाई कारबाही गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्