१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता कायमै

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छिन्। अहिलेसम्म ४६ हजार २ सय ९३ मत गणना हुँदा शर्माले १६ हजार ५ सय ३३ मत प्राप्त गरेकी छिन्।

व्यावसायिक फूलखेतीमा युवा आकर्षण

तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए। रु ५ लाख लगानी गरेर फुल खेती गरेको यसपाली तिहारमा रु १२ लाखको फुल बिक्री गरेको साउदले बताए। गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो। एउटा माला रु १५० देखि तीन सयसम्ममा बिक्री गरेको उनले बताए।

गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

गङ्गटेलाई दाङको कर्णालीका रूपमा पनि लिइन्छ। त्यहाँ पुग्न सडक सञ्जालको अवस्था नाजुक भएकै कारण आधा घण्टामा पुग्नुपर्ने त्यो सडकमा गाडीमा जाँदासमेत साढे दुई घण्टा लाग्ने गर्छ। त्यो सडकको ट्रयाक खोलेको १० वर्ष पुगेको छ।

आउँदो चुनावले एमालेलाई बिदाई गर्नेछः मन्त्री चौधरी

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ।’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाई गर्नेछ।’

प्रतिनिधिसभा निर्वाचन: यस्तो छ दाङको सम्भावित प्रतिस्पर्धा

गठबन्धनका तर्फबाट पूर्व सामान्य प्रशासन मन्त्री शर्मा भिड्दा एमालेबाट महासचिव शंकर पोख्रेल भिड्ने पक्का पक्की भैसकेको छ। पोख्रेलको नाम यो क्षेत्रबाट एमालेका लागि एकल उम्मेदवारका रुपमा सिफारीस भएको छ।

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए। 'शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ', उनले भने।

बन्दै-भत्किँदै रोल्पाली योजना

‘वालहरु बन्छन्, भत्किँन्छन् अनि फेरि बन्छन्। मर्मत भइहाल्छ नि।’ उनले भत्किँएको वाल नयाँ नभइ पुरानो वाल रहेको भन्दै झुट समेत बोले। ‘नयाँ वाल भत्किएको हैन। पुरानो थियो त्यही भत्केको हो। अब तुरुन्तै त्यसको मर्मत हुन्छ।’

घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा आगजनी

दाङमा एक टिपरमा आगजनी भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो।

स्थानीय निर्वाचनका गल्ती दोहोरिए सत्ता गठबन्धनलाई चुनाव जित्न गाह्रो

स्थानीय तहको निर्वाचनमा देखिएको गठबन्धनको यो बेमेललाई सुधारेर आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई थप मजबुत बनाएर लैजाने निर्णयमा गठबन्धनमा आवद्ध दलहरु पुगिसकेका छन्। केन्द्रमा बनेको गठबन्धनको कार्यदलले नै उम्मेदवार टुंगो लगाएर सीट बाँडफाँड गरिने भएपनि व्यवहारतः गठबन्धन कति कसिलो बन्ला?

सरकारी शिक्षक कागती खेतीमा रमाउँदै

'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।

मानसिक रोग जटिल तथा लुकेको समस्या होः डा. प्रतिभा

दाङ स्थायी घर भएकी २६ वर्षीया डा. प्रतिभा सुवेदीसँग रोल्पा अस्पतालको दुई वर्षे बसाई सकेर जादै गर्दा रोल्पाको स्वास्थ्य अवस्था र उनको अनुभवका बारेमा गरिएको कुराकानी:

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।

दाङमा झरीका कारण मतदान प्रभावित

दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार हावा हुरी सहितको झरी पर्दा विभिन्न पालिकाका मतदान केन्द्रहरुमा भागाभाग चलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्