१९ आश्विन २०८१ शनिबार
image/svg+xml

फेरि कर्मचारीतन्त्र हावी हुने आशंका

सन् २०१४ यता नेपाल–भारत सम्बन्ध उच्चस्तरीय राजनीतिक तहमा स्थापित भएको विश्वास गरिएका बेला औपचारिक रूपमै भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटे गरेपछि फेरि कर्मचारीतन्त्र हावी हुने आशंका उत्पन्न भएको छ ।

प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन्।

सरकारले दाबी गरेभन्दा पनि बढी प्रमाण जुटाएको विज्ञ समूहको दाबी

नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठित विज्ञ समूहले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको छ।

नेपाल–भारत नाका बन्द हुँदा पेन्सनधारी समस्यामा

नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन्।

बलि दिन भारततर्फ लैजाँदै गरेका दुई किशोरीको सीमाबाट उद्धार, सँगै पक्राउ परे भिनाजु

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो। त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो।

सीमा स्तम्भको रेखदेख र संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबारभारतको जोगबनीमा बैठक सम्पन्न भएको छ। बैठकमा विहार हुन लागेको निर्वाचन र दुवै देशमा हुने आपराधिक क्रियाकलापका विषयमा विशेष छलफल भएको बताइएको छ।

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई सशस्त्र ले पुर्यायो क्वारेन्टिनमा

कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ।

सुरक्षा परिषदमा समर्थन गर्ने निर्णयमा नेपाल–भारतबीच संवादको खोजी

सीमा विवाद उत्कर्षमा रहेका बेला नेपाल र भारतका बीच संवादको वातावरण हुनुपर्छ तर सुरक्षा परिषदमा नेपालले भारतर्ला गर्ने समर्थनलाई बार्गिनिङ टुल बनाउनु परिपक्क कूटनीत होइन ।

नेपाल–भारत खुला सिमानाको असर, राजस्व संकलनमा चुनौती

नेपाल–भारत खुला सीमाका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा राजस्व संकलन गर्न नेपालगन्ज भन्सार कार्यालयमाथि चुनौती थपिएको छ।

चेलीबेटी बेचबिखनविरुद्ध नेपाल–भारत सहकार्य

चेलीबेटी बेचबिखन तथा मानव तस्करीको रोकथामको लागी नेपाल–भारतको सहकार्य आवश्यक हुनु पर्ने एक कार्यक्रममा सहभागीले जोड दिएका छन्।

नेपाल–भारत उद्योग बाणिज्य संघमा राणा

नेपाल–भारत उद्योग बाणिज्य संघ(निक्की)को अध्यक्षमा सृजना राणा निर्विरोध निर्वाचित भएकी छिन्। राणा यसअघि संघको उपाध्यक्ष थिइन्। बिहीवार राजधानीमा सम्पन्न संघको २५ औं वार्षिक साधारण सभाबाट रााणाको नेतृत्वमा नयाँ समिति चयन भएको हो।

९ सय ६१ स्थानमा सीमा अतिक्रमण

सशस्त्र प्रहरीले दार्चुलाको कालापानीलाई विशेष सुरक्षा गर्नुपर्ने क्षेत्रका रुपमा औंल्याएको छ।

भारतले गरायो अघोषित रुपमा नाका बन्द

भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ।

नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ, ६१ करोड अनुदान सहयोग

मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्