१९ आश्विन २०८१ शनिबार
image/svg+xml

व्यापार सन्धिमा पुनरावलोकन गर्न नेपालको संशोधन प्रस्ताव

नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घ्युउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ। नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी  वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ।

भारतीय सुरक्षाकर्मीले नेपाली अधिकारीसँग मागे सहयोग

नेपाल–भारतका खुला सीमा नैे मुख्य चुनौती भएको दुबै देशका सुरक्षा प्रमुखले भएको औल्याएका छन्। अवैध खुला सीमानामा वेरोकटोक भइरहने आवागमनले सुरक्षा चुनौती रहेको दुबै देशका सुरक्षा प्रमुखले निष्कर्ष निकालेका हुन्।

नेपाल-भारत सुरक्षा बैठक सकियो

नेपाल–भारत सुरक्षा निकाय र प्रशासनबीच छलफल भएको छ। नेपाल भारतको पारष्परिक सम्बन्धलाई अझै बलियो बनाई तस्करीलाई नियन्त्रित बनाउन भारतको निचलौलमा दुवै देशका सुरक्षा निकाय र प्रशासन विच छलफल भएको हो।

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्।

पाइप लाइन भदौ २४ मा उद्घाटन

दुई दशकदेखि चर्चामा रहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अर्को सातादेखि डिजेल आयात हुने भएको छ। भदौ २४ मा औपचारिक उद्घाटन भएपछि पाइपबाट डिजेल आउने नेपाल आयल निगमले जनाएको छ।

बाढीले ढाल्यो सीमा स्तम्भ, केही हराए, केही क्षतिग्रस्त

डेढ महिनाअघि आएको बाढीले ढालेका जिल्लाको बिजयनगर गाउँपालिकामा रहेका ५ सीमा स्तम्भको अझै संरक्षण हुन सकेको छैन। गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका २ खोलामा आएका बाढीले सीमा स्भम्भ ढालेको थियो। सीमा स्तम्भको मर्मत र संरक्षण नहुँदा त्यसयता आएको बाढीको भेलले सीमा स्तम्भ सार्दै लगेको छ।

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणका कार्यकारी निर्देशक राजिवकुमार जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल–भारत सहयोगका प्राथमिकता पहिचान गर्न सहमत

नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको बुधबार काठमाडौंमा बसेको पाँचौं बैठकले दुईपक्षीय सम्बन्धलाई बृहत् ढंगले समीक्षा गर्दै सहयोगका प्राथमिकता पहिचान गर्ने निर्णय लिएको छ।

तस्बिरमा हेर्नुस् नेपाल–भारत संयुक्त आयोगको बैठक

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक राजधानी काठमाडौंमा बसिरहेको छ। द्विपक्षीय सम्बन्ध सुदृढ तथा दुई देशबीच देखिएका समस्या समाधानमा लागि आयोजित बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवाली र भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन्।

'इपिजी प्रतिवेदनले प्राथमिकता पाउँछ'

नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको पाचौं बैठक बुधबार काठमाडौंमा सुरु हुने भएको छ। संयुक्त बैठकमा सीमामा निर्मित भारतीय बाँधले नेपालको तराई क्षेत्रमा हरेक वर्ष डुबानबाट पु¥याउने क्षति, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठकले तयार पारेको प्रतिवेदनसहितका विषयमा छलफल हुनेछ। बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस जयशंकर बुधबार बिहान काठमाडौं आइपुग्नेछन्।

‘एस  जयशंकर आउँदा नेपालले भीख माग्न हुन्न्, आफ्नो कुरा स्पष्टसँग राख्नुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन्।

पर्यटनले पनि जोडिँदै नेपाल–भारत

लामो दारी, हँसिलो चेहरा, सामान्य पोसाक। मोटो जीउडाल भए पनि सधैं फूर्तिलो देखिने उनको प्रत्येकजसो दिन नयाँ–नयाँ गाउँमा बित्छ। काँधमा कपडाको सामान्य झोला भिरेर कहिले भारतको दार्जिलिङ, कहिले सिक्किम र कहिले सिलिगुडी पुग्दै पर्यटनका सरोकारवालालाई झक्झक्याइरहने उनलाई नचिन्ने पर्यटनकर्मी पूर्वी नेपालमा पनि कमै होलान्।

नेपाल–भारत सीमा बैठक : निर्वाचन अवधिमा ७२ घण्टा सीमा बन्द हुने

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा भारत–नेपाल सीमानाका बन्द गरिने भएको छ। भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा बैठकले चैत २६ गतेदेखि तीन दिनसम्म  निर्वाचनलार्य शान्तिपूर्वक सम्पन्न गर्न सीमा नाका बन्द गर्ने  निर्णय गरेको हो।

अन्योलको आकाशमा सुधारका दिशा

प्रहेलिका जस्तो बनेको छ– नेपाल–भारत सम्बन्ध। भारतसित सम्बन्ध सुदृढ हुँदै गएको अभिव्यक्ति नेपाल सरकार तथा सत्तारुढ दलका नेताहरूबाट बारम्बार अभिव्यक्त हुँदै आएका छन् भने भारत सरकार तथा त्यहाँको सत्तासीन दलका नेताहरू पनि छिमेकीसित सम्बन्ध समधुर हुँदै गएको बखान्न कहिल्यै पछाडि परेका छैनन्। व्यावहारिक धरातल चाहिँ कथनी अनुरूप प्रतीत नहुँदा अन्योलको बादल मडारिरहेकै छ।

‘बलिउड फिल्म नहेर्ने नेपाली छैन, क्रिकेटले पनि सम्बन्ध बढायो’

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो। द्विपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्