२० आश्विन २०८१ आइतबार
image/svg+xml

६७ औं प्रहरी दिवसमा ललितपुरमा प्रहरी ब्याण्ड डिस्प्ले (फोटोफिचर)

शक्रबार मंगलबजारकाे पाटन दरबार स्क्वायर (ललितपुर) मा भएको कार्यक्रममा ब्याण्डले विभिन्न बाजगाजासहित प्रस्तुती दिएको थियो।

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा.ढुङ्गाना र महालेखा निरीक्षक दंगाल

उनले पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औधोकिकरणमा विशेष जोड दिइ अर्थतन्त्रलाई उत्पादनमुखी बनाएर दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यक रहेको उल्लेख गरे।

बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारीः विनोद चौधरी

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका हुन्।

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य: वरिष्ठ नेता पौडेल

आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका हुन्।

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ। बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ।

नेपाल इन्फ्राको अनुमति पत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणको प्रक्रिया अघि नबढाएको आरोप लगाउँदै नेपाल इन्फ्रा एण्ड कम्युनिकेसनको अनुमतिपत्र खारेज गरेको छ।

सूर्य नेपाल ज्याजमाण्डु–२०२२ सुरु

नेपालमा गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सिमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करूणाको सन्देश फैलाउने उद्देश्यले ज्याज फेस्टिभल सुरु भएको हो।

बागी उम्मेदवारलाई कारबाही

कार्यवाहक सभापति राईले बिहीबार जारी गरेको विज्ञप्तिमा उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का स्वतन्त्र उम्मेदवार रामकुमार राई र प्रदेशसभा १ ९१० का उम्मेदवार जयप्रसाद सुवेदीलगायत ५ जनाको नाम उल्लेख छ।

बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा पक्राउ

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ।

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए।

सशस्त्र प्रहरी असई हत्याः तीन सदस्यीय छानवीन समिति गठन

अनुसन्धानका लागि नेपाल प्रहरीलाई सहयोग गर्न र सप्तरीमा के कसरी कमजोरी भएको हो भन्ने बारेमा छानवीन गर्न सो समिति गठन गरेको सशस्त्र मूख्यालयले जानकारी दिएको छ। असई सत्यनारायण यादवको हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको थियो।

काँग्रेसले भन्यो: ३१ असोजसम्म बागी उम्मेदवारी निष्क्रिय बनाए कारवाही फुकुवा हुन्छ

बिहीबार काँग्रेसले विज्ञप्ति निकालेर सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी बन्नेहरुलाई उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

एमाले नेता सञ्जीव यादव नेपाली काँग्रेसमा प्रवेश

उनलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं धनुषा-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।

नेपालगञ्ज विमानस्थल: सुरक्षाकर्मीले हातले छामेर र हेरेर सामान पठाउँछन्

सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्