२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा.ढुङ्गाना र महालेखा निरीक्षक दंगाल

क्याप्शन

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताएका छन्।

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर डा.तिमिल्सनाले यस्तो बताएका हुन्। उनले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि,कमजोर निर्यात,रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताए। डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राकोसमेत अवमूल्यान भएरको बताए। उनले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटान्स बढेपनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिए। उनले पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फीतिमा दबाब कामय रहेको बताए।

डा.ढुङ्गानाले नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई सहजकता पूर्ण रुपमा कसिलो बनाई वाह्य क्षेत्र कसिलो कायम राख्नुपर्ने अवस्था रहेको बताए। उनले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनले पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औधोकिकरणमा विशेष जोड दिइ अर्थतन्त्रलाई उत्पादनमुखी बनाएर दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यक रहेको उल्लेख गरे। सूचना प्रविधिको क्षेत्रमा भएको विकासलाई प्रयोग गरी नेपालबाट सूचना प्रविधि सेवाहरु निर्यात गर्नसकेमा नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए। कायवाहक गभर्नरले बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको बताए।

त्यस्तै, महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्युभएको बताए। उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको बताए। दंगालले जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनि विभिन्न कारणले ठोसरुपमा जिडिपी नआएको बताए।

उनले सरकार तथा अन्य सबै निकायलाई तीन÷चार वर्षदेखि मुलुकको जीडिपी राजश्व संकलन लगायतका हिसाबले हेर्दा कम रहेको बताएको  बताए। उनले सरकारले अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको दाबी गरे। 

प्रकाशित: २८ आश्विन २०७९ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App