७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारीः विनोद चौधरी

फाइल तस्बिर।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।  

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका हुन्। उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताए। चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा,शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदा समेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए।

उनले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताऐ।  उनले आफूलाई धन सम्पतीको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहा¥याए। उनले नेपालमा बहुमतको सरकार आएपनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गरे।

प्रकाशित: २८ आश्विन २०७९ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App