१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सूर्य नेपाल ज्याजमाण्डु–२०२२ सुरु

१८ औं ‘सूर्य नेपाल ज्याजमाण्डु– २०२२’ बिहीबारदेखि सुरु भएको छ। नेपालमा गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सिमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करूणाको सन्देश फैलाउने उद्देश्यले ज्याज फेस्टिभल सुरु भएको हो।  

कोभिडको कारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल यस फेस्टिभलमा सात कलाकारको सहभागिता रहने जनाएको छ। आयोजकका अनुसार ६ दिनसम्म चल्ने ज्याज फेस्टिभल अक्टोबर १३ मा बालुवाटारस्थित मालपी इन्स्टिच्युटमा कन्सर्ट÷संगीत प्रतियोगिताबाट सुरू हुँदै आगामी शनिबार गोकर्णमा र कात्तिक २ गते बुधबार होटल याक एन्ड यतिमा पूर्ण महोत्सवको तयारीका साथ समापन हुने जनाएको छ।

धेरै मानिसहरूलाई संगीतको पहुँचमा पुर्‍याउन सूर्य नेपाल ज्याजमाण्डुले निःशुल्क शो, विद्यालय लक्षित शैक्षिक कार्यक्रम तथा कार्यशालाहरू मार्फत सक्रिय रूपमा कार्य गरिरहेको सूर्य नेपालले जनाएको छ। साथै यसले संगीतकार, स्वयंसेवक, फ्यान, विद्यार्थी र श्रोतालाई एकै ठाउँमा ल्याएर सांस्कृतिक अन्तरक्रियालाई पनि प्रवद्र्धन गर्दै आएको बताएको छ।

ज्याज संगीत प्रवद्र्धनको निमित्त ज्याजमाण्डु आयोजकहरूँग सहकार्य गरी अन्तर्राष्ट्रिय कलाकारहरूलाई नेपालमा प्रस्तुति गर्न लाउने अभियानलाई निरन्तरता दिने सूर्य नेपालले जनाएको छ। यही असोज २७ देखि कत्तिक २ सम्म हुने भएको छ।

प्रकाशित: २८ आश्विन २०७९ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App