१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मङ्सिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिएका थिए।  

गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए। गृहमन्त्री खाणले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गरे। गृहमन्त्री खाणसँग यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेका थिए। 

प्रकाशित: २७ आश्विन २०७९ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App