नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोसी प्रदेशका अभिकर्ताहरूलाई सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोडस्थित होटल द किंग्सबरीमा कोसी कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी कोसी प्रदेशबाट योग्य भएका तीन सय जना अभिकर्ता, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं कोसी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको जनाएको छ।
पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा सहभागि अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेको थियो।
प्रकाशित: १२ माघ २०८२ १२:१८ सोमबार





