१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-चीन ‘मित्र र साझेदार’ हुन्, ‘ड्र्यागन र हात्ती’ सँगै नाच्छन् : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले भारतसँग बलियो क्षेत्रीय साझेदारीको लागि आह्वान गरेका छन्। भारतको ७७ औं गणतन्त्र दिवसको शुभकामना दिँदै उनले भारतीय समकक्षी द्रौपदी मुर्मुलाई शुभकामना सन्देश पठाउँदै यस्तो बताएका हुन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले चीन र भारत ‘असल छिमेकी, मित्र र साझेदार’ भएको बताएका छन्।सीले गएको एक वर्षमा चीन-भारतबिचको सम्बन्धमा सुधार र विकास जारी रहेको भनेका छन्। 

उनले आफ्नो बधाई सन्देशमा भनेका छन्, ‘विश्व शान्ति र समृद्धि कायम राख्न प्रवर्द्धन (सम्बन्धको विकास) को ठूलो महत्व छ।’ उनले चीन सधैं ‘असल छिमेकी, मित्र र साझेदार’ हुनु नै दुवै देशका लागि सही विकल्प भएको विश्वास राख्दै आएको कुरा पनि उल्लेख गरेका छन्। 

सीले चीन र भारतलाई ‘एकसाथ नाचिरहेका ड्र्यागन र हात्ती’ भनेर सम्बोधन गरेका छन्। दुवै पक्षले आदानप्रदान र सहयोग विस्तार गर्ने तथा एकअर्काको चासोलाई सम्बोधन गर्दै स्वस्थ र स्थिर सम्बन्ध प्रवर्द्धन गर्ने आशा उनको छ। 

यी दुई आणविक शक्ति सम्पन्न एसियाली छिमेकीहरूले ३८ सय किलोमिटर लामो विवादित सीमा साझा गर्छन्। सन् २०२० मा भएको झडपमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि सम्बन्ध चिसिएको थियो। त्यसपछि हिमालय क्षेत्रमा दुवै पक्षले भारी सैन्यीकरण गरेका थिए।

गत वर्ष उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू भएपछि सम्बन्ध सुधार हुन थालेको छ। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण पनि दुई छिमेकी नजिक हुन खोजिरहेका छन्। दिल्ली र बेइजिङले गत वर्षदेखि प्रत्यक्ष उडानहरू पुन: सुरु गर्नुका साथै व्यापार तथा लगानीका क्षेत्रमा एकसाथ काम गरिरहेका छन्। एजेन्सी

प्रकाशित: १२ माघ २०८२ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App