२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुलही लिन हेलिकोप्टर चार्टर्ड !

आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

झी पुचःमा सामूहिक बेलविवाह

नेवारी समुदायमा कन्याहरूको बेलविवाह गरिदिने प्रचलन छ। ५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ।

एक सुन्दर निकाह

उनी ‘पुष्पा मामु’ कहाँ आउने बेला मात्र ११ वर्षकी मात्र थिइन्। त्यति बेला उनलाई जन्मदिने आमा जेलमा थिइन्। उनलाई आफ्नो बुवाको बारेमा केहीपनि थाहा थिएन। यतिसम्म कि उनले आफ्नो बुवाको फोटोसम्म पनि देखेकी छैनन्।

किन टिकाउन मुस्किल छ कलाकारलाई विवाह

हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचार रोज्ने निधो गरेका छन्। दोस्रो विवाहको तयारीमा जुटिरहेका उनले सामाजिक सञ्जालमार्फत पूर्वपत्नी ढकालले झुटा आरोप लगाएर विभिन्न माध्यमबाट गाली बेइज्जत गरी मानसिक तनाव दिने क्रम जारी राखेको जनाउँदै कानुनी उपचार खोज्न लागेको उल्लेख गरेका हुन्।

‘चलू सखी आजु रघुवर के परिछन चलू हे सखी’

अर्थात् ‘हे सखीहरू, अवध किशोर राम दुलहा बनेर हाम्रो द्वारमा आउनुभएको छ। हामीहरू सबै मिलेर रघुवर रामलाई पर्सिनका लागि जाऔँ।’

विवाह पञ्चमी पर्वः श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदै

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

यसरी भएको थियो नायिका श्वेता खड्काको विवाह (भिडियो)

उनले भनेकी छन्, ‘धेरैभन्दा धेरै शुभचिन्तकहरूको अनुरोधमा समापन विवाह-उत्सवको भिडियो आफ्नै युट्युब च्यानलमार्फत सप्रेम अपलोड गरेकी छु।’

चार तस्बिरमा नायिका श्वेता खड्काको विवाह

काठमाडौंको गोकर्ण रिसोर्टमा उनले लगनगाँठो कसेकी हुन्। आज विवाहमा खिचिएका ४ तस्बिर उनले फेसबुकमा राखेकी छन्।

मनोज गजुरेल पनि दोस्रो विवाह गर्दै

अन्तर्वार्तामा उनले भनेका छन्, ‘चाँडै नै सबैको शुभकामना, सल्लाहअनुसार मैले कोही साथी जीवनमा जोड्दै छु। हामी जोडिदै छौं।’

लकडाउनपछि बालविवाह बढ्यो

‘‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ’, दिव्याले भनिन्, ‘त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिछ।’

बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश प्रहरी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ।

रोकिएन बालविवाह

बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन्। जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ।

बहुविवाह मुद्धाका प्रतिवादी सात वर्षपछि पक्राउ

बहुबिवाह मुद्धामा गोरखा जिल्ला अदालतबाट सजाय तोकिएर फरार एक पुरुषलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका २ बस्ने ५० वर्षिय तुलबहादुर तामाङलाई पक्राउ गरी गोरखा जिल्ला अदालत बुझाइएको डिएसपी बासुदेव खतिवडाले बताए। जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा बसिरहेका बेला पक्राउ गरेको हो।

बहुविवाह मुद्दाका २ जना ताप्लेजुङ कारागार चलान

बहुविवाह, बालविवाह र जवरजस्ती करणीका १ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान हुँदा बहुविवाह मुद्दामा अदालतबाट सजाय घोषित भएका अर्का १ जना भने जेल चलान भएका छन् ।

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र बहुविवाह आरोपमा दोषी सावित भए पनि वर्षौंदेखि फरार रहेका दुई अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्