२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बहुविवाह मुद्धाका प्रतिवादी सात वर्षपछि पक्राउ

बहुबिवाह मुद्धामा गोरखा जिल्ला अदालतबाट सजाय तोकिएर फरार एक पुरुषलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका २ बस्ने ५० वर्षिय तुलबहादुर तामाङलाई पक्राउ गरी गोरखा जिल्ला अदालत बुझाइएको डिएसपी बासुदेव खतिवडाले बताए। जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा बसिरहेका बेला पक्राउ गरेको हो।

जिल्ला अदालतले उनलाई ११ महिना १२ दिन कैद सजाय र २० हजार जरिवानाको फैसला गरेको थियो।  बिभिन्न मिति र समयमा अदालतले कैद र जरिवाना तोकेका फरार प्रतिवादी पक्राउ गर्ने अभियानका क्रममा बारपाक सुलिकोट गाउँपालिका ३ बस्ने २४ वर्षिय राजु नेपालीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। केही सार्वजनिक अपराध मुद्धामा एक हजार जरिवाना तोकिएका उनलाई पक्राउ गरि सजाय भुक्तानका लागि प्रशासन कार्यालय बुझाइएको हो। पछिल्लो समय फरार प्रतिवादीको खोजीलाई प्राथमिकता दिइएको प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए। 

प्रकाशित: २३ श्रावण २०७७ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App