२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् ।

बालविवाहमा संलग्न बेहुलासहित पाँच पक्राउ

विवाह सम्पन्न गरेर बेहुली अन्माउने तयारीमा रहेका बेहुलासहित पाँच जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

विवाहित छोरीले अपुताली लिन पाउने

कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्ति हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ । नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै सर्वोच्चले हकवाला छोरी हुने फैसला गरेको हो ।

धुमधामका साथ भइरहेको बालविवाह रोक

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ।

प्रेम विवाह गरेकालाई बलात्कारको अभियोग

झापाको दमक नगरपालिका– २ का गोपाल विश्वकर्मा यति बेला ठुलो संकटमा छन् । भएको २ कठ्ठा ऐलेनी जग्गामा १० धुर बेचिसके, मिस्त्री काम गरेर परिवार चलाउछन् । उनको माइलो छोरा सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकीे १५ वर्षीया राई थरकी युवतीसँग विवाह गरे । बिहे गरेको सातौँ दिन प्रहरीले समुनलाई घरबाटै पक्राउ गर्यो ।

जेठ २१: उत्सव कि अभिशाप !

अन्तरजातीय विवाह गर्न खोज्दा जाजरकोटका नवराज विक र उनका ५ साथीको समेत बीभत्स हत्या भएको छ। तर जनयुद्धका कमान्डरमध्येका एक पूर्वगृहमन्त्री जनार्दन शर्मा उल्टै हत्यारा जोगाउने अभिव्यक्ति दिन्छन्। अनि म सोच्छु– मलाई विद्यार्थी जीवनमा देखाइएको साम्यवादको सपना यस्तै थियो !

चौरजहारी घटना: ‘राजनीतिक आडमा तोडमोड प्रयास’

जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई राजनीतिक आडमा तोडमोड गर्ने प्रयास भइरहेको दलित अधिकारकर्मीले आरोप लगाएका छन्। केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले बताए।

जल्यो लास, नमरोस् न्याय

भेरी नदीको किनारमा अन्तरजातीय प्रेममा मृत्युवरण गरेका नवराज बिकको चिता तयार हुन्छ । नवराजका बुवा मोहन न त्यो चिता हेर्न सक्छन् न त त्यो मृत्यु स्वीकार्न सक्छन् । तर बाध्यता उनले त्यो चितामाथि राखिएको लासमा दाग बत्ति दिनै पर्छ र कूरुर हत्यापछि भएको अप्रत्यासित मृत्यु स्वीकार्नै पर्छ ।

सामाजिक घटनामा राजनीतिक रंग, जनप्रतिनिधि नै विभाजित

प्रेम सम्बन्धमा बाँधिएका जाजरकोट भेरी–४, रानागाउँका नवराज बिक र रुकुम पश्चिम चौरजहारी–८, सोतिकी सुष्मा मल्ल विवाहमा बाँधिने निर्णयमा पुग्छन्। दुवैको सल्लाहअनुसार शनिबार नवराज खुसीसाथ सुष्माको घर पुगे। जब सुष्मालाई लिन खोज्छन् अनि वीरबहादुर (बुवा), प्रकाशी (आमा) सहित वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँले नै नवराज र उनका साथीमाथि जाइ लाग्छ।

दलित युवकको हत्यारालाई कारबाही माग

गण्डकी प्रदेश सांसदहरूले दलित युवाको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । गण्डकी प्रदेशको बजेट अधिवेशनका रूपमा चलिरहेको प्रदेशसभाको मंगलबारको बैठकको विशेष तथा शून्य समयमा बोल्ने प्रदेश सांसदहरूले अन्तरजातीय विवाह गर्न खोज्दा दुलाहा नवराज विश्वकर्मासहित तीन युवाको हत्या भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

रुकुमको चौरजहारी घटना लज्जाजनक

रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट दलित युवाको मृत्यु भएको घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले रुकुमको चौरजहारी घटना लज्जाजनक भएको जनाएका छन्।

रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्