२१ असार २०८१ शुक्रबार
image/svg+xml

'मृतकका परिवारलाई पाँच-पाँच लाख देऊ'

संसद्को अर्थ समितिले बाढीपहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बिहान बसेको बैठकले यस्तो निर्देशन दिएको हो। हालैको बाढीबाट तराईका जिल्लामा जनधनको क्षति भएको छ। बाढीबाट अहिलेसम्म करिब डेढ सयजनाको मृत्यु भएको छ  भने हजारौं विस्थापित भएका छन्।

मृतक चार बालिकाका परिवारलाई क्षतिपूर्ति माग

गत शनिबार रौतहटको गरूडा नगरपालिकामा सडक छेउमा खनेर छाडिएको खाल्डोमा डुबेर ४ बालिकाको मृत्य भएको विषयमा मधेसी पत्रकार समाज, समृद्ध मधेस नागरिक अभियान, नेपाल तराई विद्यार्थी संघलगायत संघसंस्थाले बुधबार गृहमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका छन्।

कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।

मुस्ताङ बस दुर्घटनाः मृतक ५ जनाको सनाखत (अपडेट)

मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस दुर्घटनामा परेको छ । मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा पाँचजनाको ज्यान गएको हो ।

सप्तरी घटनाका थप एक घाइतेको मृत्यु, मृतकको संख्या ५ पुग्यो

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत सोमबार सप्तरीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मध्ये थप एक जनाको शुक्रवार मृत्यु भएको छ ।

मृतकका परिवारलाई १० लाख

सरकारले सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा गोली लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

सप्तरी घटनाका मृतक जसको राजनीतिसँग कुनै साइनो थिएन

सप्तरीको मलेठ गाविस यतिखेर शोकमग्न छन्। सोमवार राति देखिनै गाउँलेहरु मलिन मुद्रामा देखिएका छन्। सोमवार मात्रै मधेसी मोर्चा र प्रहरीबीच भएको झडमा प्रहरीको गोलीले यस गाउँका दुई जनाको ज्यान गएपछि यतिखेर सिंगो गाउँ नै शोकमा डुवेको हो।

मोर्चाले मृतक भनेका दिगम्बर यादब ज्युउँदै, धरानमा उपचारत

प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका राजविराट ५ का ४५ बर्षीय दिगम्बर यादवको धरानमा उपचार भइरहेको छ। ढाडमा गोली लागेका यादवको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्जरी वार्डको युनिट २ को वेड नं १० मा उपचार भइरहेको छ। एमालेको मेची महाकाली अभियानअन्र्तगत सप्तरीमा आयोजित कार्यक्रम बिथोल्ने प्रयासमा प्रहरीसँग झडपमा गोली लागेर उनी घाइते भएका थिए।

मृतक २८ जनाका लागि कुवेतबाट पाँच करोड क्षतिपूर्ति

कुवेतस्थित नेपाली दूतावासले डेढ वर्षयता कुवेतमा काम गर्दागर्दै मृत्यु भएका नेपालीले क्षतिपूर्तिस्वरूप पाएको पाँच करोड रुपैयाँभन्दा बढी रकम परराष्ट्र मन्त्रालयलाई पठाएको छ।

डडेल्धुरा जीप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, मृतक सबै एकै गाविसका

डडेल्धुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुई जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएपछि मृतकको संख्या बढेको हो। यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो।

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता, तीन मृतकको पहिचान

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। मुग्लिङ प्रहरीले उनी चढेको कार पाैनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो।

त्रिशुली बस दुर्घटनाका १४ मृतकको रौतहटमा अन्त्यष्टी

शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड चण्डिभञ्ज्याङस्थित त्रिशुली नदीमा यात्रु बस खसेर भएको दुर्घटनामा मृत्यु भएका १४ जनाको शनिबार अनत्यष्टी गरिएको छ।

मुग्लिन बस दुर्घटना मृतक २२ मध्ये २१ को सनाखत

नारायणगढ-मुग्लिन सडक खण्डको चण्डिभञ्ज्याङ-५, कालिखोला जनिक शुक्रबार बिहान सबेरै भएको यात्रु बस दुर्घटनामा परेर निधन भएका २२ जनामध्ये २१ जनाको सनाखत भएको छ। सनाखत भएकामध्ये २० जनाको शब उनीहरुका परिवारलाई सतगतका लागि जिम्मा लगाएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मुग्लिन बस दुर्घटना मृतक २२ मध्ये २१ को सनाखत

नारायणगढ-मुग्लिन सडक खण्डको चण्डिभञ्ज्याङ-५, कालिखोला जनिक शुक्रबार बिहान सबेरै भएको यात्रु बस दुर्घटनामा परेर निधन भएका २२ जनामध्ये २१ जनाको सनाखत भएको छ। सनाखत भएकामध्ये २० जनाको शब उनीहरुका परिवारलाई सतगतका लागि जिम्मा लगाएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

कर्णाली आन्दोलनका मृतक कुँवरको स्मृति दिवस

संघीय सरंचनामा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा खलंगामा चलेको कर्णाली आन्दोलनका क्रममा ज्यान गुमाउने हरिबहादुर कुँवरको सोमबार जुम्लामा सम्झना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्