३ कार्तिक २०८१ शनिबार
image/svg+xml

प्रदेश ३ डेंगीबाट सबैभन्दा बढी प्रभावित

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगी संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ।

दूधकोशी जलविद्युत आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशय युक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घरधुरी प्रभावित हुने भएका छन्।

खडेरी प्रभावित क्षेत्रमा सरकारी टोली

क्षति निरीक्षणका लागि प्रदेशबाट आएको टोलीले खडेरी तथा वर्षा प्रभावित क्षेत्र हलेसी तुवाचुङ–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ–२ डिकुवाको निरीक्षण गरेको मेयर इवन राईले बताए।

चार दिनदेखि डोल्पामा सञ्चार सेवा प्रभावित

बिहीबार अपरान्हदेखि डोल्पामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोवाइल, सिडिइमए, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट सेवा अवरुद्द भएको हो

प्रदेश सरकारले खडेरी र वर्षा प्रभावित क्षेत्रको निरक्षिण गर्ने

प्रदेश १ सरकारका प्रतिनिधिले हलेसी तुवाचुङ नगरपालिकाका खडेरी तथा वर्षा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने भएका छन्।

रौतहटकोे बाढी प्रभावित बस्तीमा निशुल्क स्वास्थ्य शिविर

बाढीबाट प्रभावित विभिन्न बस्तिमा छुटाछुटै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित भएका बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस भने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा निशुल्क स्वास्थ्य शिविरको अयोजना गरेर विरामीको स्वास्थ्य परिक्षण गरेका छन्।

मास हिस्टोरियाले पठन–पाठन प्रभावित

मास हिस्टोरियाका कारण खोटाङको रावाबेंसी गाउँपालिका–१ कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयको शैक्षिक क्रियाकलाप प्रभावित भएको छ। तीनचार दिनअघिदेखि दैनिकजसो छात्रामा मास हिस्टोरियाको समस्या देखिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो। मंगलबार ३ जना, बुधबार ४ जना र बिहीबार ७ छात्रा बिरामी परेको विद्यालयले जनाएको छ। छात्रमा भने समस्या देखिएको छैन।

मास हिस्टोरियाले पठनपाठन प्रभावित

मास हिस्टोरियाका कारण खोटाङको रावाबेँसी गाउँपालिका–१, कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ।

मुख्यमन्त्रीद्वारा म्यार्दीपुलको अवस्था अवलोकन

हिमाली जिल्ला मनाङ जाने सवारी आवागमनमा निकै सहज बनाएको म्यार्दीपुल बगाएसँगै विशेष गरी माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ।

आन्दोलनले समता स्कूल प्रभावित

मासिक एक सय रुपैयाँ लिई अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको बौद्धस्थित समता स्कुलमा आन्दोलनकारीहरुले गर्दा पठनपाठन प्रभावित भएको छ।

गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित

बढ्दो गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ। यसको प्रत्यक्ष प्रभाव मुख्य व्यापारिक केन्द्र बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, रूपन्देहीका भैरहवा र बुटवलमा देखापरेको छ। चर्को गर्मीका कारण पश्चिम तराईका मुख्य सहरका सडकमा आवागमनकर्ताको संख्या पातलिएको छ। मौसम पूर्वानुमान शाखा काठमाडांैले आइतबार बिहान ९ बजे भैरहवाको तापक्रम ३४, नेपालगन्जको ३० र कैलालीको ३२ डिग्री मापन गरेको छ। शाखाले शनिबार बिहान नेपालगन्जमा ३० डिग्री रेकर्ड गरेको तापक्रम आइतबार अहिलेसम्मकै अधिकतम ४३ दशमलव ५ डिग्री पुगेको छ। भैरहवा र धनगढीमा अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको छ।

हरेक हिसाबले प्रभावित हुने प्रदेश २-मुख्यमन्त्री, लालबाबु रावत

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको हो । सोका लागि सबै सुरक्षा निकायलाई तम्तयारी अवस्थामा राख्न भनिएको छ ।

वीरका उपकरण बिग्रिए, सेवा प्रभावित

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका आधा दर्जनभन्दा बढी उपकरण बिगे्रपछि सेवा प्रभावित भएको छ। अस्पतालका अनुसार अत्यावश्यक फलोरस्कोपी (पेटको रोग पत्ता लगाउने) मेसिन, अल्ट्रासाउन्ड, एक्स–रे, इन्डोस्कोपी, चार वटा हेमोडाइलोसिस मेसिन, सिटिसक्यान मेसिन, इनएनटी माइक्रोसकोपी, ७ वटा भेन्टिलेटर मेशिन, १५ वटा डेन्टल चियर बिग्रेका छन्।

हुरी प्रभावितलाई प्रदेश ५ का सांसदले एक दिनको पारिश्रमिक दिने

प्रदेश नम्बर ५ का सांसदले बारा पर्साका हुरी पीडितका लागि एक दिनको तलब बराबरको आर्थिक सहयोग गर्ने भएका छन्। आइतबारको प्रदेशसभाको बैठकले प्रदेशसभा सदस्यको एक दिन बराबरको पारिश्रमिक हावाहुरी प्रभावितलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

बाढीका कारण हजारौंलाई सुरक्षित स्थानतर्फ सारियो

तीन सातादेखि जारी भारी वर्षाका कारण इरानका अधिकांश भूभाग हाल डुबान अवस्थामा रहेका छन् भने यो अवधिमा बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्