२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

खडेरी प्रभावित क्षेत्रमा सरकारी टोली

खोटाङ – खडेरी तथा वर्षा प्रभावित क्षेत्रको निरीक्षणका लागि एक नम्बर प्रदेश सरकारको प्रतिनिधिमण्डल खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आएको छ। छरेका मकै लामो खडेरीका कारण मरेको तथा त्यसलगत्तैको वर्षाका कारण सडक, खानेपानीलगायत संरचना ठप्प हुँदा संकटको अवस्था सिर्जना भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय एक नम्बर प्रदेशका अधिकृत अनोमलमणि भट्टराई, इन्जिनियर ओमप्रकाश शाह, प्राविधिक शोभा थापालगायतको टोली हलेसी तुवाचुङ आएको हो।

क्षति निरीक्षणका लागि प्रदेशबाट आएको टोलीले खडेरी तथा वर्षा प्रभावित क्षेत्र हलेसी तुवाचुङ–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ–२ डिकुवाको निरीक्षण गरेको मेयर इवन राईले बताए।

बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईलाई संयोजक बनाएर निरीक्षण एवं आवश्यक सहयोगका लागि प्रदेशबाट आएका टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको नगरपालिकाले जनाएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक केदार कार्की, मुख्य सचिव सुरेश अधिकारीलगायतको टोली प्रभावित क्षेत्रमा आउने भनिए पनि अन्तिममा कर्मचारीको टोली मात्र आएको हो।

प्रकाशित: ३१ श्रावण २०७६ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App