३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

मास हिस्टोरियाले पठन–पाठन प्रभावित

खोटाङ – मास हिस्टोरियाका कारण खोटाङको रावाबेंसी गाउँपालिका–१ कुभिन्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयको शैक्षिक क्रियाकलाप प्रभावित भएको छ। तीनचार दिनअघिदेखि दैनिकजसो छात्रामा मास हिस्टोरियाको समस्या देखिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो। मंगलबार ३ जना, बुधबार ४ जना र बिहीबार ७ छात्रा बिरामी परेको विद्यालयले जनाएको छ। छात्रमा भने समस्या देखिएको छैन।

छात्रामा टाउको दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने, आँखाको नानी घुम्ने, आयो–आयो भन्दै कराउने लगायतका लक्षण देखिएको स्वास्थ्यचौकी कुभिन्डेका अहेव शंकरप्रसाद बरालले बताए। असार लागेदेखि नै छात्रामा फाट्टफुट्ट देखा परेको हिस्टोरिया क्रमशः फैलिएको जनाइएको छ। मास हिस्टोरियाको समस्या समाधानका लागि लक्षण देखिनेबित्तिकै विद्यार्थीलाई शान्त वातावरणमा राख्न र मनोसामाजिक परामर्श प्रदान गर्न सुझाव दिइएको अहेव बरालले बताए।

असार लागेयता कुभिन्डेकै रत्नराज्यलक्ष्मी माविमा समेत मास हिस्टोरियाको समस्या देखिएको थियो। चार दिन विद्यालय बन्द गरेपछि समस्या समाधान भएको विद्यालयले जनाएको छ। मास हिस्टोरिया नियन्त्रणका लागि रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयलाई पनि केही दिन बन्द गर्न सुझाव दिइएको बरालले बताए।

प्रकाशित: २८ असार २०७६ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App