३ कार्तिक २०८१ शनिबार
image/svg+xml

मुआब्जा निर्धारण माग्दै बजार बन्द

मुआब्जा निर्धारणका लागि जिल्लादेखि केन्द्रसम्म ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको भन्दै बजार बन्द गराएको संयोजक ढकालले बताए । आयोजना बन्ने नै भएपछि मुआब्जा निर्धारण किन ढिलाई भइरहेको छ, संयोजक ढकालले भने, ‘डुबानमा पर्ने अरु ठाउँको मुआब्जा बाँडेर सकिन लागिसक्यो, तर बजारको मुआब्जा निर्धारणसमेत भएको छैन, न ढुक्क भएर बस्नु न अन्त बसाई सर्नु ।’

भूकम्प प्रभावित जिल्लाहरूमा चैत्र १५ बाट छुट सर्वेक्षण सुरु हुने

गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुटेका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरूको हकमा पुनःसर्वेक्षण गर्न लागेको हो।

चन्द नेतृत्वकाे नेकपाले गरेकाे बन्दका कारण राप्तीकाे जनजीवन प्रभावित

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको राप्ती बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पुर्ण रुपले बन्द छन्।

बुधवार यता सरकारका काम प्रभावित

बुधबार यता सरकारका काम कारवाहि प्रभावित भएका छन्। ताप्लेजुङमा भएको एयर डाइन्यास्टिको हेलिकप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सरकार, संसद, राष्ट्रियसभा लगाएतका काम कारवाहि प्रभावित भएका हुन्।

नेपाल उडान प्रभावित

भारत र पाकिस्तानबीचको टकरावका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतिहाद एअरको उडान प्रभावित भएको हो। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको हो।

भारत–पाक युद्धले नेपालको उडान प्रभावित

भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो।

प्रभावितलाई बेवास्ता गर्दै जलविद्युत् आयोजना

रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना भएर बग्ने लिखुखोलामा निर्माणाधीन अवस्थामा रहेका लिखु १, लिखु २ र लिखु ए जलविद्युत् आायोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई बेवास्ता गरेको दुखेसो प्रभावित क्षेत्रका सर्वसाधारणले गरेका छन्।

देशैभर हिमपात (फोटोफिचर)

देशैभर उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यका नजिकै रहेका पहाड फुलचोकी, शिवपुरी, नगरकोट, चन्द्रागिरीमा भारी हिमपात भएको छ।

३२ जिल्लाका स्थानीय तहलाई पुनर्निर्माणको अधिकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई पुनर्निर्माण कार्यको जिम्मेवारी हस्तान्तरण गरेको जनाएको छ । प्राधिकरणले पुनर्निर्माण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक स्रोत साधनसहित तल्लो तहमा अधिकार हस्तान्तरण गरेको हो ।

बुढीगण्डकी प्रभावितको प्रश्न : आयोजना कसरी बन्ने भन्नेमै किन अन्यौल ?

संघीय संसदको कृषि शहकारी तथा प्राकृतिक स्रोत समितिले बुढीगण्डकी डुबान क्षेत्रका विस्थापित, प्रभावितसँग छलफल गरेको छ। आयोजनाको पुर्नवास तथा पुर्नस्थापना इकाइले गरिरहेको काम, आयोजनाको हालको अवस्था, प्रभावित विस्थापितले भोग्नुपरेको पीडा, गुनासोका बारेमा समितिले स्थलगत छलफल गरेको हो।

कर्मचारी आन्दोलनले सार्वजनिक सेवा प्रभावित

निजामती कर्मचारी आन्दोलनबाट विगत केही दिन यता सार्वजनिक सेवा अत्यधिक प्रभावित भएको छ, जसबाट जनताले ठूलो सास्ती भोग्नु परेको छ। कर्मचारी आन्दोलने अत्यावश्यकीय सेवामा समेत प्रभावित भएको छ। आन्दोलन शुरू भए यता अधिकांश कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा नजाने, गए पनि केही बेर कार्यालयमा बसी विरोध र छलफलका कार्यक्रमहरूमा व्यस्त हुने प्रवित्ति बढेको छ।

निर्माण सामग्री अभावले चार लेन प्रभावित

निर्माण सामग्री अभावले प्रदेश राजधानी वीरेन्द्रनगरको चार लेन सडक प्रभावित भएको छ । स्थानीय तहले ढुंगा, गिट्टी र बालुवाको ठेक्का नखुलाउँदा प्रदेश राजधानीको मुख्य सडक निर्माण प्रभावित बनेको हो।

रसुवागढी भन्सारको काम प्रभावित, लक्ष्य ५० करोड, संकलन २६ करोड

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा १९ दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन्।  जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले क्षति पुर्याएको पुल मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन नभएको हो।

सुनुवाइका कारण न्याय सम्पादन प्रभावित

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइबारे समयमा निर्णय हुन नसक्दा सर्वोच्च अदालतको न्यायसम्पादन कार्य प्रभावित भएको छ। न्याय सम्पादनमा प्रभावित हुँदा न्यायाधीशहरू पनि अन्योलमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्