३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

चन्द नेतृत्वकाे नेकपाले गरेकाे बन्दका कारण राप्तीकाे जनजीवन प्रभावित

बन्दका कारण सुनसान सदरमुकाम लिवाङ बजार । तस्बिर : दिनेश/नागरिक

रोल्पा - नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको राप्ती बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पुर्ण रुपले बन्द छन्। शैक्षिक संस्था समेत बन्द हुँदा वार्षिक परिक्षा नजिकिदै गएको बेला विद्यार्थिसमेत मारमा परेका छन्।  

केहिदिन अगाडि पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुको विनासर्त रिहाइ गर्न माग गर्दै बिहीबार राप्ती बन्द गरिएको हो। नेकपाले गिरफ्तारमा परेका आफ्ना नेताकार्यकर्ताहरुको विनासर्त रिहाइको माग गरेको छ। रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने र रोक लगाइएकोले बन्द गर्नु परेको नेकपा राप्तीले जनाएको छ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App