२३ भाद्र २०८१ आइतबार
image/svg+xml

ओली सरकारलाई विश्वास मत दिन्नौः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार तीन वर्षमा असफल भएको बताउँदै बर्तमान सरकारको विपक्षमा मतदान गर्ने बताएका छन्। यो सरकारले विश्वासको मत पाउन नसक्ने बताउँदै धारा ७६ (२) बमोजित अगाडी बढ्ने कांग्रेसको धारण रहेको बताए।

२० हजार अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ।

नेपाल सुपर लिग: काठमाडौं शीर्षमा रहँदा जितविहीन बन्यो चितवन

काठमाडौं शीर्षमा रहँदै प्लेअफ खेल्न चाहन्थ्यो भने चितवन पनि जितको साथ प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा थियो। यद्यपि, पहिलो हाफमा रक्षापंक्तिले गरेका दुई गम्भीर गल्तीका कारण चितवनको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

नेपाल-खनाल निकट सांसदहरुको बैठक बस्दै

बैठकमा संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुने स्रोतले बतायो। आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन्।

मेडिकल कलेजसँग पाँच दिन मात्रै पुग्ने अक्सिजन

संक्रमित बिरामीको चापलाई अस्पतालले थेग्नै गाह्रो छ। अस्पतालसँग भएका सबै बेड भरिभराउ छन्। अक्सिजन अभावका कारण अस्पतालले सीमित संख्यामा मात्र कोरोना संक्रमितको उपचार गरिरहेको छ। अस्पतालमा बेड नपाउँदा संक्रमितले ज्यान गुमाइरहेका छन्।

नेपाल समूहको निष्कर्ष अध्यक्ष ओली नै बाधक

विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै आइतबार राति अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा आउनै नचाहेको निष्कर्षमा पुगेका छन्। पार्टीलाई एकताबद्ध बनाउन अझै पनि पर्खने भन्दै नेपाल पक्षले सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ।

नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई भोलि ९ बजेसम्मको अल्टिमेटम

सो समूहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न १३ घन्टेअल्टिमेटम दिँदै प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा गरेको खण्डमा भोलि संसदमा विश्वासको मत दिने नेता योगेश भट्टराईले बताए।

भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन बन्द गरः नेपाल

नेता नेपालले कोरोना भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र खोप ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएको जनाउँदै कोरोनाको भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन नहुने समेत बताएको छ।

विश्व रेडक्रस दिवस: रेडक्रसको काम पारदर्शी बनाउन जोड

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री महतोले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने बताएकी हुन्।

भेरी अस्पताल र मेडिकल कलेजमा आज थप तीनको मृत्यु

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका थप तीन जना संक्रमितको आइतबार मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा २ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो।

नेपाल सुपर लिग: बुटवल र ललितपुर प्लेअफमा

धनगढी एफसी र काठमाडौं रेजर्र्सले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान बनाइसक्दा शनिबारको प्रतिस्पर्धा अघि विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी प्लेअफको होड थिए।

अस्पतालमा बेड छैन पालो कुर्दै जान्छ ज्यान

अस्पतालको बेड नपाएर घरमा बसेका धेरै संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संक्रमितले अहिले अस्पतालको वार्डमा कसैको मृत्यु वा निको भएर घर फर्केपछि मात्र भर्नाका लागि पालो पाउने गरेका छन्।

कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन।

बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपालीलाई सफलता

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।

बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपनः नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महामारी नियन्त्रण गर्नतर्फ ध्यान नदिएर अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्