६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

दुई फर्मलाई विभागको जरिवाना, ११ लाई निर्देशन

कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ। 

स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं महानगरपालिका सिनामंगलमा रहेको जमकटेल फर्मालाई रु दुई लाख पाँच हजार जरिवाना गरेको हो।

त्यसैगरी, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई रु २० हजार जरिवाना गरेको छ। ती दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरिएको हो।

यस्तै, विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।

प्रकाशित: ६ चैत्र २०८२ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App