८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पूर्व सचिवसहित काँग्रेसका १८ जनाको सामूहिक राजीनामा

नेतृत्व गर्नेले एकलौटी र मनोमानी गरेको भन्द्र नेपाली काँग्रेस जिल्ला कार्य समिति बजुराका पूर्व सचिवसहित १८ जनाले सामूहिक राजीनामा दिएका छन् । जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने उम्मेदवार छनोटमा एकलौटी र मनोमानी गरेको भन्दै पत्रकार सम्मेलन गरेर उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

काँग्रेसका अन्तरघातीमाथि कारबाही गर्न सिफारिस

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघातका कारण चुनाव हार्नु परेको भन्दै नेपाली कांग्रेसले आधादर्जन अगुवा कार्यकर्तामाथि कारबाहीको सिफारिस गरेको छ । पार्टीको त्रियुगा नगरपालिका १३ वडा समितिले अन्तरघातका कारण आधिकारिक उम्मेद्वारले हारेको निश्कर्ष निकाल्दै ५ जना अगुवा कार्यकर्तामाथि कारबाही गर्न माथिल्लो निकायमा सिफारिस गरेको जनाएको छ ।

जिसस निर्वाचनमा काँग्रेस एमालेको तालमेल पक्का

साउन २५ गते हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा सिन्धुलीमा नेपाली काँग्रेस र नेकपा एमालेको तालमेल पक्का भएको छ ।

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धन विजयी

जिल्ला समन्वय समिति गठनका लागि जाजरकोटमा वुधवार भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्।

जिल्ला समन्वय समितिमा कांग्रेस एक्लियो

स्थानीय तह निर्वाचनमा अपेक्षाकृत सफलता हाँसिल गर्न नसकेको नेपाली काँग्रेस जिल्ला समन्वय समिति गठनमा एक्लिएको छ।

जुम्लामा माओवादी-कांग्रेसको गठबन्धन

जिल्ला समन्वय समितिको जुम्लाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको छ। माओवादी केन्द जुम्लाले अध्यक्षसहित ६ जना सदस्य र कांग्रेसले उपाध्यक्षसहित ३ जना सदस्य पाउने गरी गठबन्धन गरिएको हो।

कांग्रेस मुख्यालय अगाडि नै पुरिएन खाल्डा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा आसीन छन्। उनको पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा छ। बल्खुपुलबाट बागमती करिडोर हँुदै पाँच मिनेट हिँडेपछि पार्टी कार्यालयमा पुगिन्छ।

जाजरकोटमा कांग्रेस-माओवादी केन्द्रको गठबन्धन

जिल्ला समन्वय समिति गठनका लागि हुने निर्वाचनमा जाजरकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। साउन १८ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई दलले संयुक्तरुपमा आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

कांग्रेसको संघर्षमय इतिहास

सन् १९६२ मा दुई छिमेकी देश चीन र भारतबीच युद्ध भयो। त्यसबेला चीनका तत्कालीन उपप्रधान तथा पराराष्ट्रमन्त्री मार्सल चेन यीले बिपी कोइराला जेल नपरेको भए चीन र भारतबीच युद्ध नहुने बताएको पनि पुस्तकमा उल्लेख छ। पुस्तकमा भनिएको छ, 'बिपीलाई अपदस्थ गरेर बन्दी बनाइयो। चीन र भारतबीच मध्यस्थताको सूत्र रहेन। त्यसैले युद्ध टार्न सकिएन।'

नेपाली कांग्रेसमा आत्मसमीक्षा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा अनेक हुन सक्छन् । बाहिर आएअनुसार ठोस अजेन्डाभन्दा सभापति शेरबहादुर देउवाको आलोचनामा अधिकांश सदस्यले मन्तव्य केन्द्रित गरे । उनीहरूले सामूहिक शब्द ‘नेतृत्व’ प्रयोग गरेका भए पनि प्रकारान्तरले त्यो नेतृत्व वर्तमानमा देउवा नै हुन् भन्ने जगजाहेर छ । देउवा सुस्त भए, यो प्रत्यक्ष देखिएको विषय हो । तर पार्टीलाई दोस्रो तहमा झार्न योगदान पु¥याउनेमा देउवा एक्लै जिम्मेवार भने होइनन् । केन्द्रमा देउवाको हालीमुहाली मानिएजस्तै जिल्ला र क्षेत्रमा सभापतिहरूको र तिनीहरूभन्दा आफूलाई सबै हिसावले योग्य दाबी गर्ने केन्द्रीय सदस्य र सांसदको दवदवा छ । उनीहरूले स्थानीय तहमा आफन्त वा आफ्ना सहयोगीलाई टिकट दिन दिएको दवावका अनेक घटना छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : 'गुट–उपगुटले कांग्रेस पराजित'

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीमा रहेको गुट–उपगुटका कारण स्थानीय तहको निर्वाचनमा पराजित भएको धारणा राखेका छन्।

कांग्रेस नेता बास्तोलालाई भेन्टिलेटरमा राखेर उपचार

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यस्थिति बिग्रिएपछि बाँसबारीस्थित न्युरो अस्पताल भर्ना भएका छन्। साउन १ गतेबाट अस्पताल भर्ना भएका उनलाई शुक्रबारदेखि भन्टिलेटरमा राखेर उपचार गरिरहेको छ।

कांग्रेसको प्रदेश नम्बर २ भेला : संशोधन प्रस्ताव पक्षमा उभिन आह्वान

नेपाली कांग्रेसको काठमाडौंमा प्रदेश नम्बर दुईको शुक्रबार सम्पन्न दुई दिवसीय भेलाले संसद्मा विचाराधीन संविधान संशोेधन प्रस्तावको पक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान गरेको छ।

संविधान संशोधनको पक्षमा उभिन काँग्रेसको आह्वान

नेपाली कांग्रेसले संसद्मा विचाराधीन संविधान संशोेधन प्रस्तावको पक्षमा उभिन सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ। काठमाडौंमा दुई दिनदेखि जारी प्रदेश नम्बर दुईको शुक्रबार सम्पन्न भेलाले सरकारले ल्याएको संशोधन प्रस्तावलाई पास गरी देशलाई राजनैतिक निकास दिन संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्