१ मंसिर २०८१ शनिबार
image/svg+xml

कर्णालीको मुख्यमन्त्रीमा नेता शाहीको दाबी पेस

नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए।

सभ्य समाजका लागि सबै वर्गको समुचित विकास आवश्यकः प्रदेश प्रमुख गुरुङ

पोखरा महानगरपालिका–२५ हेमजामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आज आयोजित बृहत् सांस्कृतिक देउसी भैलो कार्यक्रममा उनले सबै वर्ग र समुदायको विकासबाट मात्रै राष्ट्रको विकास सम्भव हुने बताए।

मुख्यमन्त्रीसहित ६ जना मन्त्रीले लिए सपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहवीच नवनियुक्त मुख्यमन्त्री राईलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। उनले विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन्।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।

स्पेनको नगरपालिका र लुम्बिनी प्रदेशका ४ पालिकाबीच भगिनी सम्बन्ध

दुई देशबीच प्रविधि हस्तान्तरणका लागि सम्बन्ध स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गाबिन्द सुबेदीले बताए।

बाढी प्रभावित क्षेत्रमा जलस्रोत मन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी प्रभावित नागरिकका समस्या सुन्न र प्रत्यक्ष रुपमा बाढी पुर्‍याएको क्षति अवलोकन गर्न स्थलगत अनुगमनमा निस्किएका हुन्।

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुरमा

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणमा नेपाल भ्रमणमा आएको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार साँझ भक्तपुर पुगेको छ।

लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ।

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्