१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख समक्ष राजीनामा, नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्रीमा एकिकृत समाजवादीका नेता राजेन्द्र राईको पक्षमा बहुमत भएको दाबी पेश गर्दै विपक्षी गठबन्धनका नेताहरू। तस्बिर: नागरिक

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष लिखित राजीनामा दिएका हुन्।

यसअघि प्रदेश १ को  प्रदेशसभा बैठकमा आचार्यले राजीनामा दिने घोषणा गरेका थिए। सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मत माथि छलफल र मत विभाजनको कार्यसूची भए पनि मुख्यमन्त्री आचार्यले मत विभाजन अघि नै  संसदलाई सम्बोधन गर्दै राजीनामा घोषणा  गरको थिए। 

सोमबारको प्रदेशसभा  बैठकलाई संवोधन गर्दै आचार्यले आफ्नो सरकार पहिले नै अल्पमतमा परे पनि जनताको चाहनाका कारण आफूले राजीनामा नदिएको दाबी गरे। संसदको अंकगणितले मिलेर सरकार बनाउ भनिरहेको तर, जनताले अघि बढ भनिरहेको भए पनि अल्पमतको स्थिति सृजना भएकाले राजीनामा दिनुपरेको उनले बताए। उनले भने‘ सरकारमा बसिरहनुपर्ने  आबश्यकता र जनदबाब  भए पनि संसदको अंकगणितका कारण राजीनामा दिनुपर्ने परिस्थिति बन्यो।’

प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै विश्वासको मत लिने तयारी गरेका भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा वैठक सार्न माग गरेपछि कात्तिक १५ गतेलाई विश्वासको मतको प्रस्ताव  माथि छलफल र मत विभाजनको कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको थियो। संसदमा राजीनामा घोषणा गरेलगत्तै मुख्यमन्त्री भीम आचार्यले प्रदेश १ का प्रदेश प्रमुखलाई पनि लिखित राजीनामा  बुझाएका थिए।

आचार्यले राजीनामा बुझाए पछि प्रदेश प्रमुख अधिकारीले प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। यसैवीच प्रदेश १ को मुख्यमन्त्रीमा  नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। उनले विपक्षी गठबन्धनका ५० जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।  

प्रकाशित: १५ कार्तिक २०७८ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App