coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि  राजीनामा घोषणा गरेका हुन्।

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए। एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए।

तर प्रस्ताव तत्काल मतदानमा लगिएन। प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको भनाई छ।

प्रकाशित: १५ कार्तिक २०७८ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App