१ मंसिर २०८१ शनिबार
image/svg+xml

‘छुट्टै प्रदेश बैंक आवश्यक’

संघीयस्तरका बैंक तथा वित्तीय संस्थाको भरमा काम गर्दा असहज भएको भन्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले भिन्दै प्रादेशिक बैंक आवश्यक रहेको बताएका छन्। प्रदेशको भूगोल र अवस्था अनुसारको बैंक तथा वित्तीय संस्था आवश्यक भएको उनले बताए।

कर्णाली प्रदेशः विष्टको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने

नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।

जीवनरक्षा कोषबाट व्यवसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यवसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गरेका छन्।

मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु राष्ट्रिय अधिवेशनका लागि चितवनमा रहेका कारण मंगलबारका लागि तय गरिएको विश्वासको मत लिने कार्यतालिका एक दिन सारिएको हो।

मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।

प्रदेश १ः ११ मन्त्रालय बनाउने तयारी

प्रदेश १ सरकारले मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। मन्त्रालय टुक्र्याउन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पाँच जना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ। अहिलेसम्म प्रदेश सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।

बाँकेमा कांग्रेसको निर्वाचन कार्यक्रम स्थगित

लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिति देखिएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको भट्टराईले बताए।

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने आयोजक पोखरा थिएटरले बताएको छ।

एसओएसका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण

एसओएस बालग्राम इटहरीका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण गरिने भएको छ। टेक्निकल ट्रेनिङ सेन्टरको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिलान्यास गरे।

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने

कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन्।

प्रदेश २: नाम राख्नै सकस

मधेसकेन्द्रित दलको नेतृत्वमा रहेको प्रदेश २ सरकार अहिले गठबन्धनमा परिणत भएको छ। उक्त सरकार बनेसँगै सो प्रदेशको नाम अंकबाट अक्षरमा रूपान्तरित हुने अपेक्षा धेरैले राखेका छन्। तर, प्रदेशको स्थायी राजधानीमा सत्ता गठबन्धन दल एकमत देखिए पनि नाम टुंग्याउने विषयमा अझै सकस हुने देखिन्छ।

वाग्मती प्रदेश कांग्रेस अधिवेशनको कान्छा प्रतिनिधि २३ वर्षीय विश्वकर्मा

मंसिरको अन्तिम साता आयोजना हुने नेपाली काँग्रेस बाग्मती प्रदेश स्तरीय अधिवेशनको लागि सबै भन्दा कान्छा प्रतिनिधि हुन्। विश्वकर्माको जन्म रामेछापको बेथाली गोगलुङ्गामा २०५५ सालमा भएको थियो।

प्रदेश २ को रोमाञ्चक जित

मध्यक्रमका ब्याटर आदिल अन्सारीको विस्फोटक ब्याटिङप्रेरित प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।

कर्णाली सार्वजनिक शिक्षा सुधार अभियान

सरकारले नीतिगतरूपमा कर्णाली क्षेत्रका स्तरीय विद्यालय र केन्द्रका उत्कृष्ट विद्यालयहरूले सहकार्य गरी योगदान गर्ने वातावरण बनाइदिने हो भनेमात्र पनि कर्णालीको शिक्षामा सुधार ल्याउन सकिने प्रशस्त सम्भावना देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्