१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशः विष्टको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने

नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ। मंगलबार बसेको संसदीय दलको बैठकले विष्टको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो। दलका प्रमुख सचेतक ठम्मर विष्टले कांग्रेस नेतृत्वको सरकारमा पार्टीका तर्फबाट विष्टलाई पठाउन लागिएको बताए।

‘दलको बैठकले सरकारमा माओवादी केन्द्रको नेतृत्व माननिय विन्दमान विष्टले गर्ने निर्णय भएको छ,’ प्रमुख सचेतक विष्टले भने, ‘त्यसको जानकारी मुख्यमन्त्रीलाई गराइसकेका छौं।’ तीन दलबीच मन्त्रालय बाँडफाँडको विषय टुंगो लागेको छैन। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुअघि तत्कालीन नेकपा एमालेको माधवकुमार नेपाल समूह, माओवादी केन्द्र र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसबाट जीवनबहादुर शाही कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

शाही मुख्यमन्त्री नियुक्त भएको करिव एक महिनापछि माओवादी सरकारमा सहभागी हुन लागेको हो। विष्ट आर्थिक मामिला तथा योजना मन्त्रालयसहित सरकारमा सहभागी हुने छन्।

प्रकाशित: १४ मंसिर २०७८ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App