२८ पुस २०८१ आइतबार
image/svg+xml

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छः विश्वप्रकाश शर्मा

‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्‍यो। राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ। मैले त भन्ने गरेको छु–राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनु हुन्न।’

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेका थिए तर त्यसको खाका तयार पार्न नसकेपछि कार्यदलका सदस्यहरुसहित शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन्।

सत्तारुढ गठबन्धनले हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने

माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने।

सत्ता गठबन्धन कार्यदल बैठक: सिट बाँडफाँटको खाका पेश गरिने

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ। बैठक बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो।

गठबन्धनले नागरिकता विधेयक हुबहु अघि बढाउने

सत्तारुढ पाँचदलीय गठबन्धनले नागरिकता विधेयक संघीय संसद्बाट हुबहु पास गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ।

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन गठबन्धनको बैठक बसेको थियो। बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ।

गठबन्धनको बैठक: सिटौलाले बुधबार दलहरूको सिट संख्या प्रस्ताव गर्ने

सत्तारूढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँटका लागि गठन गरेको ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बुधबारको बैठकमा सिट संख्याको प्रस्ताव गर्ने भएका छन्।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता: सत्तापक्ष रुष्ट

संघीय संसद्बाट पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक आइतबार फिर्ता पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिएकी छन्।

फोहोर व्यवस्थापनमा गठबन्धनको चासो

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

निर्वाचन तयारीमा जुट्दै दल: गठबन्धनप्रति एमाले आक्रामक

‘बिचरा ! कांग्रेसको माया लाग्छ। यो पार्टी के भएको ? लौरो टेकेर पनि अडिन सक्दैन। खुट्टै टेक्न नसक्ने भयो। कहिले प्रचण्ड खोज्याछ, कहिले को खोज्याछ। के भएको ? एउटा जिउँदो पार्टी त यति साह्रो नहुनुपर्ने हो।’

लुम्बिनी प्रदेशः सीट भागबण्डाको आधार खोज्दै दलहरु

‘अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम र अहिले स्थानीय तहको निर्वाचनको मत परिणामलाई सँगै राखेर अहिलेको दलको हैसियत प्रष्ट हुन्छ, ’कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले भने ‘यही पोजिशनका आधारमा कुन दललाई टिकट दिने भनेर निक्र्यौल गरिनुपर्छ।’

सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेका क्षेत्रमा आगामी निर्वाचनमा पनि उसैलाई छाड्ने प्रस्ताव राखिएको छ। एमालेले जितेका क्षेत्रमा मात्र बाँडफाँट गरेर जानुपर्ने विकल्प अघि सारिएको छ। गठबन्धनमा आबद्ध दलहरूले २०७४ सालको निर्वाचनमा पाएको कुल सिटको प्रतिशतका आधारमा आगामी चुनावमा सिट बाँडफाँट गर्नुपर्ने विकल्प पनि कार्यदलभित्र आएको छ।

‘थ्रेसहोल्ड’को जोखिममा नयाँ–पुराना दल

सत्ता गठबन्धनका चार र प्रतिपक्षी एक गरी प्रमुख पाँच दल निर्वाचनलक्षित आ–आफ्नै रणनीतिमा जुट्दा अन्य दललाई भने ‘थ्रेसहोल्ड’ कसरी पार गर्ने भन्ने चिन्ता छ।

निर्वाचनसम्बन्धी कार्यतालिका ऐन ल्याएर मात्र निर्वाचन गरौं: देव गुरुङ

प्रतिनिधिसभाको आजको बैठकमा उनले मंसिरमा निर्वाचन गर्न नहुने संकेत गर्दै यसको लागि बेग्लै निर्वाचन कार्यतालिकासम्बन्धी बिषयमा ऐेन जरुरी रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्