७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनसम्बन्धी कार्यतालिका ऐन ल्याएर मात्र निर्वाचन गरौं: देव गुरुङ

फाइल तस्बिर।

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष पुग्नु अगावै हुन लागेको निर्वाचन कार्यतालिकासम्बन्धी ऐन आवश्यक रहेको बताएका छन्।    

प्रतिनिधिसभाको आजको बैठकमा उनले मंसिरमा निर्वाचन गर्न नहुने संकेत गर्दै यसको लागि बेग्लै निर्वाचन कार्यतालिकासम्बन्धी बिषयमा ऐेन जरुरी रहेको बताए।  

उनले भने, ‘निर्वाचन घोषणा गर्ने अधिकार सरकारलाई छ। तर, प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष धारा ८५ (१) ले भनेको छ। सर्वोच्च अदालतको पाँच वर्ष घटाउन नहुने भनेको छ,’ उनले भने, ‘यो मध्यावधि निर्वाचन पनि होइन। ७६ (५) को सरकार विफल भएको पनि होइन। त्यसकारण निर्वाचन कार्यतालिकासम्बन्धी बिषयमा एउटा ऐन जरुरी पर्छ।’  

‘प्रतिनिधिसभा परिवर्तनको परिकल्पना गरेको छ, रिक्तताको परिकल्पना गरेको छै। रिक्तताको अवस्थामा मुलुकमा गम्भिर स्थिति पैदा गर्नसक्छ। त्यसकारण सरकारले तत्काल ऐन ल्याओस्।’, उनले भने। 

प्रकाशित: २५ श्रावण २०७९ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App