१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल सुपर लिग: धनगढीको पहिलो जित

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले काठमाडौँ रेजर्समाथि ३–० को जित हात पारेको हो। पहिलो खेलमा धनगढी विराटनगर सिटी एफसीसँग ३–० ले स्तब्ध भएको थियो।

धनगढीमा थपिँदै मार्ट

व्यापार व्यवसायका लागि ‘भर्जिन’ एरिया सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको छनोटमा मार्ट पर्न थालेका छन्। परम्परागत शैलीको व्यापार, व्यवसायलाई परिवर्तन गर्दै पछिल्लो समय ग्राहकको रोजाइ र समय बचत गराउन मार्टहरू सञ्चालनमा आउन थालेका हुन्।

किरण धनगढीका आइकोनिक खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुलाई बिहीबार आइकोनिक खेलाडीका रूपमा भित्र्याएको छ। किरणले एनएसएलसँगै पाँच वर्षपछि नेपाली घरेलु फुटबलमा पुनरागमन गर्न लागेका हुन्।

धनगढी–अत्तरिया ६ लेन सडक निर्माण

मोहना पुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडकखण्डको निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा यात्रा सहज भएको छ। ‘अब अत्तरिया टाढा रहेन,’ स्थानीय विनय खड्काले भने, ‘धनगढीबाट अत्तरिया १५ मिनेटमै पुग्न सकिने भएको छ।’ पहिले धनगढी–अत्तरिया ‘सिंगल लेन’ हुँदा सडक जाम हुने गरेको बताउँदै उनले भने, ‘अहिले त एकैपटक धनगढीदेखि सरर्र अत्तरिया पुगेको पत्तै हुँदैन।’

धनगढी–पोखरा उडानको माग

सुदूरपश्चिमबाट पोखराका लागि भारतीय पर्यटक र पोखराबाट सुदूरपश्चिमका लागि तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा हवाई उडान सुरु गर्न यस क्षेत्रका व्यवसायीले माग गरेका छन्।

कागतीले हटायो बेरोजगारी

घरमै फलेको १० किलो कागतीको अचार बनाएर सुरु गरिएको उद्यमले धनगढी उपमहानगरपालिका–९, बंगराकटानका कृषक रामचन्द्र गिरीलाई स्वरोजगारको बाटो देखाएको छ।

बाल बाटिका र विद्या भूषणको दोस्रो जित

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा नव बाल बाटिका स्कुल बौनीया र विद्या भूषणले दोस्रो जित निकालेका छन् । शुक्रवार भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको फराकिलो अन्तरले जितेको छ । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रदिप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, बसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २र२ विकेट लिए ।

धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी (अपडेट)

धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत मंगलवार भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भएको बिद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा शारदाले त्रिनगर माविलाई ६१ रन अन्तरले जितेको हो ।

बन्दकर्ता र ओली पक्षीय युवाबीच घम्साघम्सी

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा ओली पक्षका युवाहरु बन्दको बिरोधमा नारावाजी सहित प्रदर्शनमा उत्रेपछि बन्द गराउदै हिडेका प्रचण्ड माधव पक्षका र उनीहरु बिच घम्साघम्सी भएको छ । बन्दको पक्षमा र विपक्षमा प्रदर्शन गरेका आमनेसामने भएपछि धनगढीमा तनाव उत्पन्न भएको थियो । संभावित घटना हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

धनगढी गिज्याउँदै ‘धुले सडक’

अस्थायी राजधानी धनगढीका सडक सामान्य पानी पर्दा हिलाम्य हुन्छन् भने घाम लाग्दा धुलाम्य हुने गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी, जहाँ प्रदेश प्रमुखदेखि मन्त्री तथा प्रदेश सांसदहरुको बसोबास छ । हरेक दिन धनगढीकै सडक प्रयोग गरेर यहाँका प्रदेश प्रमुखदेखि मन्त्री तथा सांसद हुइँकिन्छन् ।

‘थोत्रो’ धनगढी

धनगढीले शिक्षा, स्वास्थ्य र सहरी क्षेत्रमा विकासको फड्को मारेपनि डेढ दसक अघिकै थोत्रा सडक टालटुल गरेर काम चलाइरहेको छ ।

मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन्।

धनगढीमा कोरोना परीक्षण सुरू

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण सुरु भएको छ। अस्पतालमा पिसिआर मेसिन जडान पछि बिहिवार साँझ संकास्पद बिरामीको नमुना परिक्षण गर्न सुरु गरिएको अस्पताल आकस्मिक कक्ष प्रमुख चिकित्सक जगदिश जोशीले जानकारी दिए।

धनगढीमा भेटिए कोरोना संक्रमणका चौथो विरामी

काठमाडौं- धनगढीमा कोरोना संक्रमणका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको सेति अस्पतालमा उपचार भइरहेको छ। यो नेपालमा भेटिएको चौथो केस हो।

कोरोनाको डरले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय

नगरमा कोरोना संक्रमित फेला परिनसकेको अवस्थामा परीक्षासमेत स्थगित गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय हतारको काम भएको सरोकारवालाहरूको प्रतिक्रिया छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्