१५ चैत्र २०८० बिहीबार
राजनीति

बन्दकर्ता र ओली पक्षीय युवाबीच घम्साघम्सी

तनाव सृजना पछि धनगढीमा कडा सुरक्षा

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ओली पक्षका युवाहरु बन्दको विरोधमा नारावाजी सहित प्रदर्शनमा उत्रेपछि बन्द गराउँदै हिडेका प्रचण्ड माधव पक्षका कार्यकर्ता र उनीहरुबीच घम्साघम्सी भएको छ । बन्दको पक्षमा र विपक्षमा प्रदर्शन गरेका आमनेसामने भएपछि धनगढीमा तनाव उत्पन्न भएको थियो । संभावित घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

टायर बालेर बिरोध प्रदर्शन

बन्द सफल गराउन प्रचण्ड माधव पक्षका कार्यकर्ता बिहिवार बिहानैदेखि क्याम्पस रोड लगायतमा ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । कार्यकर्ताको एक समूह बजार बन्द गराउँदै हिडेको थियो । उनीहरुले ट्राफिक चौराहमा पनि टायर बालेर प्रदर्शन गरे । प्रधानमन्त्री ओलीको विपक्षमा चर्का नारावाजी समेत गरेका थिए ।  

ओली पक्षीय अनेरास्ववियुका विद्यार्थी र युवाहरुले बन्दकै बीच प्रदर्शन गरेका छन्। मुख्यमन्त्रीको कार्यालय अगाडिदेखि नारवाजी सहित प्रदर्शन गर्दै ट्राफिक चौराहमा पुगेका थिए ।प्रचण्ड माधव र मुख्यमन्त्रीको बिरोधमा चर्का नारा समेत उनीहरुले लगाएका थिए । ट्राफिक चौराहमा बन्द गराउदै हिडेका प्रचण्ड माधव समूहका कार्यकर्ता र बन्दको विपक्षमा उत्रेका ओली पक्षीय आमनेसामने हुँदा घम्साघम्सी भएको थियो । अप्रिय घटना हुन नदिन बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित

प्राचण्ड माधव पक्षले गरेको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । अस्थायी राजधानी धनगढी लगायतका शहरी क्षेत्र, बजारमा बन्दको बढी प्रभाव परेको नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश शिंहले बताए । उद्योग, कलकारखाना, पसल,शिक्षण संस्था र यतायात बन्द रहे । लामोदुरीका सवारी साधान चलेनन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कंचनपुरको झलारीमा एउटा वसमा लुकेर ढुंगा प्रहार गर्दा वसको झ्यालको सिसा फुटेको र अन्य अवस्था भने सुदूरपश्चिमभरी समान्य रहेको उनले बताए ।

प्रकाशित: २२ माघ २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App