१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश नियुक्तिका लागि तत्काल आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता सन्तोष भण्डारीले तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास भएको दुई महिना बढी वितिसक्दा समेत संवैधानिक परिषद्ले प्रधानन्यायाधीस नियुक्तिको कुनै पहल नगरेको भन्दै आइतबार रिट दायर गरेका हुन्।

आज कानुन दिवस, कामु प्रधानन्यायाधीशद्वारा शुभकामना

आज (बुधबार) कानुन दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। नेपाल प्रधान न्यायलय ऐन २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वैशाख २६ मा कानुन दिवस मनाउने गरिन्छ। सर्वोच्च अदालतले कार्यक्रम गरी कानुन दिवस मनाउन लागेको छ।

पूर्व प्रधानन्यायाधीशको पारिवारिक इजलास

नेपाली काङ्ग्रेसले राजाविरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो । त्यसका लागि ठूलो रकम अावश्यक पर्थ्यो । रकम जुटाउन राष्ट्र बै‌कको पैसा बोकेकाे हवाई जहाज अपहरण गर्ने योजना बन्यो र दुर्गा सुवेदी त्यसको कार्यान्वयनकर्ता बने । रातारात उनी विद्रोहको विम्ब बने । यस्तै विद्रोही थिइन्, सुशीला कार्की जो अाफ्ना बहिनीहरुको बिहे भइसक्दा पनि एकल जीवन बाँचिरहेकी थिइन्, आफ्नै कमाईले बेग्लै घर बनाइसकेकी थिइन् । कालान्तरमा उनी प्रधानन्यायाधीशका रुपमा चिनिइन् । यी दुवै विद्रोहीको पारिवारिक जीवन कस्तो छ त? दुवैले आफ्नो जीवनयात्रा फर्केर हेर्दा के पाउँछन्?

प्रधानन्यायाधीश नियुक्ति नहुँदा न्यायालय प्रभावित

प्रधानन्यायाधीशबाट गोपाल पराजुली बहिर्गमन भएको एक महिना १९ दिन बितिसक्दा पनि नयाँ प्रधानन्यायाधीश नियुक्ति नहुँदा मुलुकको न्यायपालिका प्रभावित भएको छ।

प्रधानन्यायाधीशविरुद्धको महाभियोग खारेज

भारतमा प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव खारेज भएको छ। न्यायालयमा ऐन कानूनभन्दा पनि एकपक्षीय भएर प्रधानन्यायाधीश दीपक मिश्राले पद र कार्यालयको अपमान गरेको भन्दै कांग्रेससहित विपक्षी दलहरुले ल्याएको महाभियोग प्रस्ताव उपराष्ट्रपति एवं राज्यसभाका सभापति वेंकैया नायडूले सोमबार खारेज गरिदिएका हुन्।

भारतका प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता

भारतका प्रधानन्यायाधीश दीपक मिश्र विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । काँग्रेससहित अन्य सात विपक्षी दलका नेताहरूले  प्रधानन्यायाधीस मिश्र विरुद्ध शुक्रबार महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो।

पूर्वप्रधानन्यायाधीश : को कस्ता ?

जागिरे मनोवृत्तिका प्रधानन्यायाधीश हुनु स्वतन्त्र न्यायपालिकाका लागि पीडादायी मानिन्छ । नेपालको न्यायपालिका यस्तै पीडा भोग्न बाध्य छ । स्वतन्त्र छवि र निष्पक्ष बौद्धिक हैसियतका प्रधानन्यायाधीश नबनाउने हो भने स्वतन्त्र न्यायपालिकाको परिकल्पना आफैँमा झनै पीडादायी बन्दै जानेछ।

१३ पूर्वप्रधानन्यायाधीशलार्इ दिइएकाे सुविधा कानुनविपरीत

सर्वोच्च अदालतले अवकाश प्राप्त १३ जना पूर्व प्रधान न्यायाधीशलाई दिएको सुविधा कानुनविपरीत देखिएको छ। कानुनमा व्यवस्था नभएको सुविधा फिर्ता लिन महालेखा परीक्षक प्रतिवेदनले सर्वोच्चलाई सुझाएको छ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै

संवैधानिक परिषद्को बैठक बस्न नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै गएको छ।

प्रधानन्यायाधीशविरुद्ध महाभियोगको तयारी

भारतमा विपक्षी दलहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव संसदमा दर्ता गराउने भएका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको नेतृत्वमा प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी भएको हो।

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो।

महान्यायाधिवक्ता खरेलले प्रधानन्यायाधीशबाट लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना

प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष गोपाल पराजुलीको राजीनामा माग्दै कानुन विद्यार्थीको राष्ट्रिय सञ्जालले बुधबार धर्ना दिएको छ।

न्यायमा पहुँच बढाउनुपर्छ : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश गोपाल पराजुलीले विकृति÷विसंगति अन्त्य गरी शान्तिपूर्ण समाजको निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्