९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं – प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ। 

सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो। ‘माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीश विरुद्ध प्रदर्शन गरेका थिए। 

प्रदर्शनपछि आयोजित कोणसभामा डा गोविन्द केसीले जनताको आस्थाको केन्द्र न्यायालय नै भ्रष्टाचारको चङ्गुलमा परेको आरोप लगाउँदै प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलन गरिएको बताए। 

उनले प्रधानन्यायाधीश पराजुलीलाई समय सीमाभन्दा पहिले नै पद छाड्न बाध्य पार्ने उल्लेख गरे। 

कार्यक्रममा विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले प्रधानन्यायाधीश पराजुलीविरुद्ध मात्र नभएर सिंगो भ्रष्टाचारविरुद्ध आन्दोलन गरिएको बताए। कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष गिरीलगायतले सत्तामा बसेर भ्रष्टाचार गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए। रासस

प्रकाशित: १२ फाल्गुन २०७४ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App