१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानन्यायाधीशविरुद्ध महाभियोगको तयारी

नयाँदिल्ली– भारतमा विपक्षी दलहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव संसदमा दर्ता गराउने भएका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको नेतृत्वमा प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार कांग्रेस नेता डीएमके समाजवादी पार्टी, एनपीसी र वामपन्थी दलका राज्यसभा सांसदको हस्ताक्षर संकलनमा जुटेका छन्। तृणमूल कांग्रेसले पनि प्रस्तावको समर्थन गर्ने बताइएको छ।

यसअघि इतिहासमै पहिलोपटक सर्वाेच्च अदालतका ४ वरिष्ठ न्यायाधीशले न्यायालयभित्र भइरहेको अनियमितता र प्रधानन्यायाधीशको एकलौटी गतिविधीको विरोध गर्दै पत्रकार सम्मेलन गरेका थिए।

पछिल्लो समय भारतमा प्रधानन्यायाधीश विवादित बन्दै गएका छन्। उनीमाथि सत्तारुढ भाजपालाई संरक्षण दिएको, न्यायालयको नैतिकताभन्दा बाहिर गएको आरोप लाग्दै आएको छ।

प्रकाशित: १४ चैत्र २०७४ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App