३ मंसिर २०८१ सोमबार
image/svg+xml

जलेर घाइते बनेकी मनरुपाको उपचारको क्रममा मृत्यु

फागुन १४ गते आगोले जलेर गम्भीर घाइते तीन महिला मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ की ६५ वर्षीया पब्बु(मनरुपा) चलाउनेको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा आइतबार राती मृत्यु भएको हो।

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

दक्षिण एसियाली राष्ट्र बंगलादेशकी जशोदालाई एकदशकदेखि ग्यास्ट्रिक र घुँडाको समस्याले सताइरहेको छ । बंगलादेश र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको भएन । अस्पतालमै उनले धेरै पैसा खर्च गरे पनि रोग निको नभएपछि उपचारको खोजीमा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा आएर स्नान गरिन् ।

उपचार खर्चमा बेथिति

स्वास्थ्योपचारका निम्ति शक्तिशालीहरूलाई राज्य ढुकुटीबाट गरिने खर्चको औचित्यमाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ । पछिल्ला दिनमा मन्त्रीदेखि विभिन्न नेताको उपचारका लागि दिइएको खर्चले राज्य सञ्चालनमा विधि र प्रक्रियाको ठाडो उपहाससमेत गरेको छ । राज्यले गर्ने कुनै पनि निर्णय औचित्यपूर्ण हुनुपर्छ । त्यस्ता निर्णय प्रभावका आधारमा हुन थाल्यो र त्यही किसिमको उपचारबाट सर्वसाधारण भने वञ्चित हुने अवस्था आउनु निःसन्देश समतामूलक समाजको लक्षण होइन । समतामूलक समाज त्यही हो, जसले आवश्यक औषधोपचारका लागि पहुँच प्रयोग गर्नु नपरोस्।

कार्यविधि मिचेर उपचार सहायता

सरकारले आफैंले बनाएको कार्यविधिविपरीत बहालवाला रक्षामन्त्री भीमसेनदास प्रधानलाई ५० लाख उपचार सहायता दिने भएको छ । मुटुसम्बन्धी रोगको उपचारका लागि विदेश जानुपर्ने भन्दै प्रधानले ५० लाख सहायता मागेका थिए।

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्निथ्यो तर अहिले त्यस्तो छैन । नेपाली स्वास्थ्य क्षेत्रले यसको उपचारमा फड्को मारेको छ । दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको क्यान्सर बिशेषज्ञले बताएका छन्।

वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

नेपालमा अर्बुदरोगीको संख्या सबैभन्दा बढी काठमाडौं र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ।

उपचार अभावले थलिए बालक

दाँया हातका पाँच वटै औलाले दिने पीडाले ११ वर्षीय बालक रविन्स बुढा रातदिन सुत्न सक्दैनन्। औला सुकेर झर्न लागेका छन्। उपचारका लागि बुवा अशोकले काठमाडौंदेखि भारतको लखनउसम्म चहारे। आर्थिक अभावले उपचार बीचमै रोकिनु प-यो।

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

छेडागाड नगरपालिका १० काफलाका हस्ते पुनको उमेर १८ वर्ष भयो। उमेरले १८ बर्षको तन्नेरी अवस्थामा पुगेको भएपनि उनको अवस्थाका भने ५ वर्षका वालकको जस्तो छ।

प्रेयसीको उपचारका लागि विद्यार्थीको सहयोग

इलाम नगरपालिका–५, बरबोटेकी मुटुरोगी १८ वर्षीया प्रेयसी राईको उपचारका लागि जिल्लाका विद्यार्थीले आर्थिक सहयोग गरेका छन्। विद्यार्थीले उनको उपचारका लागि १२ हजार ५ सय रुपैयाँ बुधबार हस्तान्तरण गरे।

विपन्नलाई थाहै छैन उपचार सहुलियत

चुलाचुली गाउँपालिकाकी विष्णुमाया लिम्बूलाई बारम्बार पेट र टाउको दुख्ने, हातखुट्टा गलेर आउने अनि खाना खानै मन नलाग्ने समस्या छ । ५४ वर्षीया विष्णुमाया कुनै बेला घरको काम गर्दागर्दै फत्रक्क हुन्छिन् । केही घन्टा आराम नगरेसम्म उनी काममा फर्किन सक्दिनन् ।

जाजरकोटका बिरामीको उपचारमा खटिए जुम्लाका चिकित्सक

दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।

जाजरकोटमा  भाइरल प्रकोप: थप दुईको मृत्यु, सात सयको उपचार, दुईहजार बढी विरामी

झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । भाइरल प्रभावित क्षेत्रमा  सक्रिय चिकित्सक डा. पवन शाक्यका अनुसार मंगलवार विहान  जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४वर्षिय लालवहादुर भन्डारीको   ज्वरो र पखालाको कारण ज्यान गएको छ भने  सोमवार  जुनीचाँदे गाउँपालिका २ मौगानका १ महिनाका  शिषुको  भाइरलको कारण ज्यान गएको  छ ।

जाजरकोटका रोग प्रभावित क्षेत्रमा सेना, ४ सयको उपचार

जाजरकोटमा दुई सातादेखि फैलिएको रुघाखोकी र ज्वरो नियन्त्रणमा लिन स्वास्थ्यकर्मी र नेपाली सेना परिचालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले आइतबारसम्म जुनिचाँदे गाउँपालिकामा ४०० बिरामीको उपचार गरेको छ।

क्षयरोगको उपचार ९ महिनामै

बहुऔषधि प्रतिरोधी क्षयरोगको दुई वर्षसम्म लाग्ने झन्झटिलो पद्धतिको सट्टा छोटो अवधिको उपचार विधि (सर्टर ट्रिटमेन्ट रेजिमेन) नेपालमा समेत सुरु हुने भएको छ । २ वर्ष लामो उपचार विधिको सट्टा सघन र निरन्तर उपचारबाट ९ महिनामै यस्तो क्षयरोगको उपचार सम्भव हुने विधि नेपालमा सुरु हुन लागेको हो ।

ढिला उपचारले आँखामात्र होइन, ज्यानै जानसक्छ

कुनै कारणले आँखा रातो भएको छ ? आँखा दुखेको छ ? या आँखामा पीडा भएको छ ? अलिकति पनि ढिला नगरी राम्रो आँखा अस्पतालमा जानुहोस् । ढिला भएमा आँखामात्र हैन, ज्यानै गुम्ने खतरा हुन्छ ! बर्सेनि तराई र विकट जिल्लाका आँखा बिरामीहरू ढिला उपचारमा पुग्दा यस्ता समस्या झेलिरहेको तिलगंगा आँखा अस्पतालले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्