३ मंसिर २०८१ सोमबार
image/svg+xml

दाँतको उपचार गराउँदा विरामीको मृत्यु

रेसुङ्गा हस्पिटलमा दाँतको उपचार गराउन गएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दाँतको उपचार गर्न रेसुङ्गा अस्पताल पुगेका मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको ज्यान गएको हो । अर्यालको गिँजाको पिप निकाल्ने क्रममा बुधवार राती मृत्यु भएको हो।

बम अाक्रमणमा घाइते हुनेको संख्या ११ पुग्यो, शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ६ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो।

पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनीमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन्।

द्वन्द्वकालका घाइतेलाई कर्णालीमा निःशुल्क उपचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो।

चितवनमा विपन्नलाई कडा रोगको उपचार सुरु

चितवनको पुरानो मेडिकल कलेजमाअब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनिउपचार पाइने भएको छ। कडा रोगमध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनलइन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्सको उपचार तथा हेमोडायलाइसिस सेवा सुरु भएको अस्पतालकाप्रमुख सञ्चालनअधिकृत डा सुप्रभातश्रेष्ठले बताएका छन्। यो सुविधापाउन सेवाग्राहीले स्थायीबसोबास भएको स्थानीय निकायबाट विपन्नताको सिफारिस लिइअन्यआवश्यककागजात सहितजिल्लाजनस्वास्थ्यकार्यालयमागई जिल्लास्तरीय सिफारिस पत्रल्याउनुपर्ने अस्पतालले जनाएको छ।

उपचार ढिलाइले बन्दै छ भयङ्कर

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागबाहिर असोज २२ गते बिहान ११ बज्दा नबज्दै ठूलो भिडभाड जम्मा भयो । क्यान्सर भएर केमोथेरापी उपचार लिइरहेका बिरामी चिकित्सकलाई भेट्न जम्मा भएका थिए । झट्ट हेर्दा एक दिनको भिड हो कि जस्तो लाग्छ तर यहाँ मात्रै होइन हरेक क्यान्सर अस्पतालमा यस्तो भिड अचेल दिनदिनै बढ्न थालेको छ ।सोही भिडमा भेटिए कैलाली बौनिया लोहागढका सुरेश भुल ।

सहज र सुलभ बनाऊँ क्यान्सर उपचार

नेपालमा सहरहरू थपिँदैछन्, सहरीया जीवनशैलीले आकार लिँदैछ र स्वास्थ्य सेवामा आएका सकारात्मक परिवर्तनहरूका कारण मानिसको आयु पनि बढ्दै गएको छ । सहर बजार बढ्दै जानु भनेको भौतिक पूर्वाधारको विकास हुनु, उद्यम तथा व्यापार बढ्नु हो । सहर बजारमा शिक्षा, स्वास्थ्य सेवाका अवसरहरू हुने भएकाले त्यहाँ बस्नेहरूको संख्या बढ्दै जान्छ । सहरिया बढ्दै जानु र नागरिक धेरै वर्षसम्म जीवित रहनु राम्रो पक्ष हो तर यसको अर्को पाटो पनि छ । त्यो हो, सहरिया जीवन शैली, मुटुरोग, क्यान्सरजस्ता रोगहरूको खानी हो भने बुढ्यौलीसँगै यी रोगको खतरा पनि बढ्दै जान्छ ।

उपचारले निको भएका महिलाको आग्रह : क्यान्सरलाई मृत्युको पर्याबाची नबनाइयोस

क्यान्सर रोगको नाम सुनेपछि धेरै झसङ्ग हुन्छन्। कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो। परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गएको असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेली रहन्थ्यो।

झाडीमा भेटिएका शिशुको उपचारमा रकम अभाव

बेबारिसे अवस्थामा सालनालसहित झाडीबाट जीवित उद्दार गरिएका नवजात शिशुको उपचारमा आर्थिक कठिनाइ भएको छ। उनको तीन सातादेखि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा उपचार भइरहेको छ।

अब सबै नेपालीको स्वदेशमै उपचार : महतो

गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले उपचारका लागि कोही पनि नेपाली बिदेश जानुनपर्ने अभियानमा आफु लागेको बताएका छन्। शनिबार आयोजित निशुल्क मृटुरोग सम्बन्धी उपचार शिविरमा बोल्दै महतोले नेपालमा इन्धनपछि सबैभन्दा बढी पैसा उपचारको नाममा बाहिरिएको बताए ।

उपचार केन्द्रलाई ओके बाजेको नौ लाख सहयोग

कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरलाई जापानिज नागरिक काजुमासा काकीमी ‘ओके बाजे’ले नौ लाख सहयोग हस्तान्तरण गरेका छन्।समाजसेवी काकीमीले फ्रेण्डस जापान मार्फत सोमबार नौ लाख रुपैयाँको चेक उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेललाई अस्पतालमै पुगेर हस्तान्तरण गरेका हुन् ।

भुइँँमा उपचार गराउन बाध्य छन् भरतपुरका सुत्केरी

भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन्।

क्यान्सर उपचारका लागि डिएनए

बेलायतका प्रमुख मेडिकल अधिकारी प्राध्यापक डेम स्याली डेभिसले आफ्नो वार्षिक रिपोर्टमा क्यान्सरको उम्दा उपचारका लागि रोगीहरुले नियमित रुपमा डिएनए टेस्ट गराउनु आवश्यक रहेको बताएकी छन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा क्यान्सरका रोगीसमेत ३१ हजार रोगीहरुले आफ्नो डिएनए प्रोफाइलिङ गराएका छन् । ब्लड टेस्ट र बायोप्सीजस्तै सम्पूर्ण जिनोम स्क्रिनिङ (डब्ल्युजिएस)लाई मानक जाँचको अंश बनाउनुपर्ने डेम स्यालीको धारणा छ ।

एड्सको नयाँ उपचार !

अमेरिकी शोधकर्ताहरुले एचआइभी एड्सबाट जुझ्न नयाँ भ्याक्सिन बनाएको र त्यसका लागि गाई उपयोगी जनावर भएको बताएका छन् ।गाईको शरीरमा हुने विशेष किसिमको एन्टिबडिजले एचआइभी निमिट्यान्न पार्न सकिने उनीहरुको विश्वास छ ।गाईमा हुने कप्लेक्स र ब्याक्टेरियायुक्त पाचन प्रणालीका कारण तिनको प्रतिरक्षा क्षमता साँच्चिकै गज्जबको हुन्छ ।अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले यसबारेमा जानकारी सार्वजनिक गर्दै यस किसिमको एन्टिबडी या उपचार सर्वसाधारणका लागि उपयोगी हुने बताएको छ ।

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

सप्तरीको पश्चिमी भेगका ८५० जना बाढीपीडितलाई शनिबार निःशुल्क स्वास्थ्योपचार गरिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–६ स्थित जनता मावि कटैया फत्तेपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित बालबालिका, वृद्धवृद्धासहित ८५० जना बाढीपीडितलाई निःशुल्क उपचार गरिएको स्थानीयवासी सन्दीप सदाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्