४ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । समयमै रोग पहिचान गरे उपचार सहज हुने चिकित्सकले बताएका छन् ।

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ।

अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समस्या

जिल्ला अस्पाल तेह्रथुममा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनसँगै बिरामी भएर आउनेहरूको संख्या समेत बढेको अस्पतालले जनाएको छ ।

स्वदेशमै शल्यक्रिया गराएका डा.भट्टराईले उपचार खर्च राज्यबाट नलिने

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

साहसिक उपचार

साहसिक खेलले मनलाई एकाग्र बनाउँछ । तनावबाट मुक्ति मिल्छ । आत्मविश्वास बढ्छ । मनमा आनन्द छाउँछ । तन र मन दुवैमा स्फूर्ति बढ्छ । त्यसैले त छाँगावरोहण, पदयात्रा, राफ्टिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बञ्जी जम्पजस्ता गतिविधिमा झुम्मिँदैछन् नेपाली । स्वस्थ शरीर र आँटिलो मन भएकाहरु एडभेन्चरमा रमाउँछन् ।

भ्यान्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको माग

सातामै एकै गाउँका तीन जनाको सर्पको टोकाईबाट मृत्यु भएपछि बर्दिवासमा भ्यान्टेलेटर सहितको सर्पदशं उपचार केन्द्रको स्थानीयले माग गरेका छन्।

सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्यु

विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।

खेत बन्धकी राख्दा पनि पुगेन उपचार खर्च

यहाँको एक परिवारले छोराको उपचारका लागि सहयोग याचना गरेको छ। बाग्लुङ नगरपालिका—३ का नुवाराका खड्कबहादुर किसान र ममिता किसानले आफ्ना २० वर्षीय छोरा सन्तोष किसानको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना गरेको हो।

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

उपचारमा सहयोग जुटाउन बैंक खाता

देउमाई नगरपालिका–६, शान्तिडाँडाका बालकको उपचार अभावले बिजोक भइरहेको समाचार सार्वजनिक भएपछि उनलाई उपचारमा आर्थिक सहयोग गर्ने दाता थपिएका छन्। ५ वर्षे बालक मेघराज कोइरालाको उपचारका लागि ‘मेघराज कोइराला उपचार सहयोग समिति’समेत गठन भएपछि आर्थिक सहयोग जुट्न थालेको हो।

कांग्रेस नेता बास्तोलालाई भेन्टिलेटरमा राखेर उपचार

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यस्थिति बिग्रिएपछि बाँसबारीस्थित न्युरो अस्पताल भर्ना भएका छन्। साउन १ गतेबाट अस्पताल भर्ना भएका उनलाई शुक्रबारदेखि भन्टिलेटरमा राखेर उपचार गरिरहेको छ।

उपचारपछि घर फर्कने बेला राउटे युवाले भने: भत्ता बढाइदेउ (भिडियो)

आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाही उपचारपछि घर फर्केका छन् ।

क्यान्सरको उपचार सस्तो र समान हुने नियम लागु

क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ।

राउटेको उपचार र कुलपूजाका लागि सहयोग

दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्