३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

उपचार अभावले थलिए बालक

सुर्खेत – दाँया हातका पाँच वटै औलाले दिने पीडाले ११ वर्षीय बालक रविन्स बुढा रातदिन सुत्न सक्दैनन्। औला सुकेर झर्न लागेका छन्। उपचारका लागि बुवा अशोकले काठमाडौंदेखि भारतको लखनउसम्म चहारे। आर्थिक अभावले उपचार बीचमै रोकिनु प-यो।

सान्नीत्रिवेणी गाउँपालिका–९ कालिकोटका ११ वर्षीय बुढाको पीडा देख्न नसकेर बुवा अशोकले फेरि सुर्खेत ल्याएका छन्। उनीसँग उपचार गराउनका लागि गोजीमा सुको छैन्। घरको जेठो छोरा छन्। श्रीमती वितेको वर्षौ भयो। ‘छोराको पीडा देख्न नसकेर सुर्खेत ल्याएँ’ बुवा अशोकले भने, ‘कोही सहयोगी फेरा परे उपचार गर्ने थिएँ।’

दुई साताअघि छोरा ल्याएर सुर्खेत झरेका उनी सहयोगका लागि भौतारिरहेका बेला समाजसेवी मिलन कार्कीले फेला पारिन् । कार्कीले बालकलाई क्षेत्रीय अस्पताल पु-याइन्। क्षेत्रीय अस्पतालमा कार्यरत डाक्टर नवराज केसीले सुर्खेतमै उपचार सम्भव रहेको बताए।

‘उपचारका लागि लाग्ने खर्च भने छैन्’ कार्कीले भनिन्, ‘हामी अहिले सहयोगी हातहरुको खोजीमा छौं।’ बालक पीडाले गर्दा सुत्न सक्दैनन्। चिकित्सकका अनुसार बालकका लागि धेरै चिसो र तातो मौसम पीडादायी हुन्छ। बसपार्कको छाप्रोमा बसिरहेका बालक पीडामै छन्।

छोराको उपचारका लागि अशोकले घर खेत बेचेर छ लाख रुपियाँ सकाए। ‘अब छोरासँग उपचार गराउने रकम मसँग छैन्’ उनले भने, ‘मेरो छोराको जीवन बचाइदिन आग्रह गर्छु।’ रविन्सको हात सुक्न थालेको छ वर्ष भयो। ‘पहिले श्रीमती गुमाएँ, त्यसपछि छोराको यो अवस्था भयो’ उनले भने, ‘दैवले सबै दुःख एकै पटक दियो।’ हातमा समस्या आएपछि उनी नियमित स्कुल जान पनि पाएका छैनन् । गाउँमै कक्षा पाँचमा अध्ययनरत रविन्सको जीवनरक्षाका लागि सक्दो सहयोग गरिदिन समाजसेवी कार्कीले आग्रह गरिन्।

प्रकाशित: १३ माघ २०७४ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App