७ कार्तिक २०८१ बुधबार
image/svg+xml

सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।

४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी

मासिक चार हजार तीन सय तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आए पनि सामान्य घटनामा २४ घण्टा नियन्त्रणमा राख्नुपर्ने अवस्था आउँदा थुनुवालाई जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने बाध्यता रहेको धोबीले बताए।

सशस्त्र प्रहरीलाई पुनः बेलबारी गोल्डकपको उपाधि

खेलको ४८ औं मिनेटमा कार्कीले टोलीका लागि गोल गरेका थिए। राजारानीका गोलरक्षक पुजन होनाले बल क्लीयर गर्न खोज्दा बल रिबाउण्ड भएको मौकाको फाइदा उठाउँदै कार्की गरेको प्रहार सिधा गोलमा परिणत भयो।

तीव्रगतिमा सवारी चलाए एक घण्टा ट्राफिक सचेतना कक्षा

के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ? चलाउने भए होसियार! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ।

अदालतको शाैचालय भत्काएर भागेका हत्या आरोपी पक्राउ

‘भारतीय सीमा क्षेत्र र निकुञ्ज जोडिएका जंगलका कारण हुन अपराध रोक्न योजना अनुरुप प्रहरी परिचालन गरिएको छ’ प्रहरी प्रमुख शाहीले भने,‘स्वीप,एम्बुस र स्वीपिङ जस्ता अप्रेशनले शान्ती सुरक्षामा यतिबेला प्रहरी अब्बल मानिएको छ।’

'आधार क्षेत्रमा साख बचाउन सकस'

‘माओवादीले एजेण्डा त्याग्यो। विचारमा स्खलन भयो। कार्यकर्ताको संरक्षणमा अभाव देखियो। सहिद परिवार प्रतिको भावनात्मक सम्बन्ध कट्यो। समावेशिको सवाल त्याग्यो। हिजोका पूर्वलडाकु र पूर्णकालीन कार्यकर्ताको भविष्यका बारेमा सोच राख्न सकेन अनि निर्वाचनमा सजिलो कसरी हुन्छ?’

लागू औषधसहित ३ जना पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मंगलबार राति २ जना र १४ गते राति १ जनालाई पक्राउ गरेको जनाएको छ। १६ गते साँझ त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारी घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका इन्सपेक्टर थुनामा

महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर ढुंगानालाई मंगलबार थुनामा पठाएको हो।

आचारण विपरित काम गर्ने दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बित

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो।

बालकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको मोरङ र झापाको सिमाना स्थित मावा खोलामा छठ मेला हेर्नेक्रममा छुरा प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका पाँच जना १८ वर्षमुनिका किशोर छन्

उदयपुरमा आगलागी हुँदा पौने दुईकरोडको धनमाल नष्ट

राति एक्कासी विद्युत सट भएर भएको आगलागीले टहरासँगै जोडिएको कार्कीको घरको सटरमा रहेको कपडा पसल, फर्निचर र सुनचादी तथा नगद जलेको छ।

सङ्गीता धामी: ‘सागका स्वर्ण, निर्वाचनमा म्यादी’

'सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो', धामीले भने, 'म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ।'

भारतीयले विस्फोट गरेको ढुंगा उछिट्टिएर नेपाली बालकको मृत्यु

भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गतको तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै जानकारी नदिइ विष्फोट गराउँदा घटना भएको उनले बताए। पवनसँगै हिडिरहेकी उनकी बहिनी समेत पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छिन्।

छुट्टाछुट्टै दुर्घटनामा परी दुई युवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ११ बेतिनीबाट गहुँबारीतर्फ जाँदै गरेको अस्थायी नं. लु ८८ प १८५६ नंं. को अनटेस्ट मोटरसाइकल हर्देनीमा दुर्घटनामा परी सोही वाडका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको ज्यान गएको छ।

सुर्खेतमा ब्राउन सुगरसहित पाँच व्यक्ति पक्राउ

गए राति २३ः४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा१७च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्