५ आश्विन २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङको सान्थाक्रामा आगलागी,घर र मतान जल्यो

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा (डीएन) शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ।

घरमा आगलागी हुँदा चारको मृत्यु

प्रहरीकाअनुसार मृत्यु हुनेमा १४ वर्षकी तिर्सना सार्की, ११ वर्षकी अनु सार्की, तीन की वर्षीया दर्शना सार्की र एक वर्षका दिपेश सार्की रहेका छन्।

बाँकेको राप्ती सोनारीमा आगलागी हुँदा १६ घर गोठ जले

स्थानीय बासिन्दाका अनुसार शुक्रबार दिउँसो करिव ३ बजेबाट सुरु भएको आगलागी बेलुका मात्र नियन्त्रणमा आएको थियो।

विवाहको भोज पकाउने क्रममा पार्टी प्यालेसमा आगलागीः ४५ लाखको क्षति

काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो।

नरैनापुरमा १५ घरगोठ जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन्। गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए।

आगलागीजन्य विपद् न्यूनीकरण गर्न कृत्रिम अभ्यास प्रदर्शन

सल्लाघारीको फेदमा बारबेर गरी बनाइएको ६ वटा नमुना घर। ती ६ वटा घर मध्ये एउटाको बादर्लीमा लेखिएको थियो नुनिया मासु पसल र अर्कोमा दीलमायाँ खाजा घर।

भरतपुरमा इँटा बोकेको ट्रकमा आगलागी

जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।

गुडिरहेको बसमा आगलागी

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

आगलागी हुँदा तीन घर नष्ट

स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ।

आगलागीबाट चार करोड नोक्सानी

जगदम्बा स्पिनिङ मिल्समा लागेको आगलागीबाट चार करोड रूपैयाँ बराबरको नोक्सानी भएको कम्पनीले दाबी गरेको छ।

ताप्लेजुङको आगलागी नियन्त्रणमा

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ।

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्। कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ।

दमौलीमा आगो निभाउन पोखरादेखि दमकल लगियाे (अपडेट)

तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ। आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ। ५० किलोमिटर टाढाको पोखरादेखि दमकल लगेर आगो निभाउने प्रयास भईरहेको छ।

तनहुँको दमौलीमा भीषण आगलागी (तस्बिरसहित)

तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्