२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङको सान्थाक्रामा आगलागी,घर र मतान जल्यो

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा सोमबार बिहानै आगलागी भएको छ। मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा (डीएन) शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ।  

सोमबार बिहान करिव ३ बजेतिर शेर्पाको घरमा आगलागी भएको हो। आगलागीबाट घर र मतानभित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको अग्निपीडित दावा डीएन शेर्पाले बताए। शेर्पाका अनुसार आगलागी सुरु भएको चाँडै थाहा पाएका कारण मानवीय क्षति हुन पाएन।  

उनी कामको सिलसिलामा काठमाडौंमा छन् भने घरमा बाबु, आमा र एकजना भाइ रहेका थिए। विद्युत सर्ट भएर घरमा आगलागी भएको अनुमान गरिएको छ। क्षतिको विवरण संकलन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ श्रावण २०७९ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App